कोहलपुर ३० कार्तिक : बाँके क्षेत्र नम्बर–१ मा नेकपा (एमाले)का प्रतिनिधिसभा सदस्य उम्मेदवार सूर्य ढकाल बलियो बन्दै गएकाछन् । मतदानको केही दिन बाँकी रहदै गर्दा नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार ढकाल बलियो बन्दै गएका हुन् ।
कोहलपुर क्षेत्रबाट नेपाली काँग्रेसको आधा भन्दा धेरै मत ढकाललाई दिने सेतोखरीलाई स्रोतले जनायो । चुनावी प्रचारप्रसारमा आक्रमक बनेका सूर्यका पक्षमा मतदाता खुल्दै गएकाछन् । ढकालको पक्षमा उत्साहपूर्ण मतदाताको साथ बढ्दै गएपछि उनी बलियो बन्दै गएका हुन् ।
यतिमात्र होइन बाँँके क्षेत्र नम्बर–१ को कोहलपुरसंगै राप्तीसोनारी र नरैनापुर गाउँपालिकाबाट समेत धेरै मात्रामा मत जाने भएपछि यतिबेला उनी बलियोसंगै निर्विकल्प नेताको रुपमा चिनिन थालेकाछन् । कोहलपुर नगरपालिका, राप्तीसोनारी र नरैनापुर गाँउपालिका मिलेर बनेको क्षेत्र नम्बर १ मा एमालेका युवा नेता ढकालको पक्षमा मतदाता खुल्दै गएपछि उनी उत्साहित बनेकाछन् ।
निर्वाचन केन्द्रित प्रचार–प्रसार गरिरहेका युवा नेता ढकालको पक्षमा कोहलपुर क्षेत्रका ठूलो संख्यामा रहेका नखुलेका मतदाताको साथ समेत बढ्दै गएकोछ । ढकालका पक्षमा गाउँबस्तीबाट युवादेखि बृद्ध उमेरका मतदाताको उत्साहपूर्ण साथ देखिएको हो । वितेको ५ वर्षमा जितेर गएका जनप्रतिनिधि फर्केर नआएकोले आगामी मङिसर ४ गते प्रतिनिधिसभामा सूर्य ढकाललाई जिताएर देखाइदिने कोहलपुर १० विद्यानगरका एक मतदाताले बताए ।
नेकपा एमाले र राप्रपाबीच चुनावी तालमेल छ । सोही तालमेलमा यतिबेला नेकपा एमाले र राप्रपाले संयुक्त चुनावी आमसभा गरिरहेकाछन् । गाउँबस्तीबाट ठूलो सङ्ख्यामा मतदाताको उत्साहपूर्ण सहभागि बढ्दै गएकोले युवा नेता ढकाललाई जिताउन गाउँ–गाउँ बस्तीबाट लाग्ने उनीहरुको प्रतिवद्धता छ ।
एमाले केन्द्रिय सदस्य समेत रहेका सूर्य ढकालले बाँके क्षेत्र नम्बर–१ का जनताले परिवर्तन चाहेकाले यसपटक आफूले जित्ने दाबी गरे । उनले एमाले नेतृत्वको सरकारका पालामा भएका कामलाई पनि गहतराजले आफूले गरेको भनेर जस लिन खोजेको आरोप लगाए ।
उनी भन्छन्, ‘राप्तीसोनारी, नरैनापुर, कोहलपुर क्षेत्रमा जनताको सेवा सुविधाका लागि मैले धेरै पसिना बगाएको छु, यहाँ जेजति विकासका भएका छन् उहाँले (गहतराजले) मात्रै गरेर सम्भव हुने कुरा होइन । ती काममा मेरो पनि पहल छ ।’
‘कोहलपुर, राप्तीसोनारी र नरैनापुरमा मैले राजनीतिको धेरै समय र पसिना बगाएको छु, प्रत्येक टोल, बस्ती र घर–घरमा पुगेको छु, त्यसैले मप्रति मतदाताको उत्साहपूर्ण साथ बढेको हो’ ढकालले अगाडी थपे–‘म जनताको काम गर्ने व्यक्ति हुँ, यहाँका जनताले काम नगर्ने व्यक्तिलाई बोकेर हिँड्दैनन् । अवसरबादीहरुलाई मतदाताले तह लगाउनुपर्छ । त्यो दिन छिटै आउँदैछ ।’
यस्तै बाँके क्षेत्र नम्बर– १ प्रदेश ‘क’ प्रदेशसभा सदस्य उम्मेदवार नरेन्द्र पौडेलले राष्ट्रिय स्वाभिमान, विकास र समृद्धिको लागि बाँके क्षेत्र नम्बर–१ मा नेकपा एमाले र राप्रपाको गठबन्धन विजयी हुन आवश्यक रहेको बताए ।
उनले भने –‘पटक–पटक अरुलाई हेरियो, बुझियो यसपटक जनताले हामीहरुलाई साथ दिनुहुनेछ । हामीलाई मत दिएर जिताउनु भनेका आफुहरुलाई न्याय गर्नु हो ।’
नेकपा एमाले र राप्रपाप्रतिको मतदातामा बढेको उत्साहलाई विजयीको संकेतका रुपा हेरेको पूर्वमन्त्री एवम् राप्रपाबाट प्रतिनिधिसभा समानुपातिक उम्मेदवार प्रेमबहादुर भण्डारीले बताए ।
बाँके क्षेत्र नं. १ मा यसपटक नेकपा एमाले र राप्रपाका उर्जावान युवा उम्मेदवारको पक्षमा जनमत रहेको उल्लेख गर्दै जनता ढाँट्ने नेतालाई तह लगाउनकै लागि भएपनि नेकपा एमाले र राप्रपा गठबन्धनका उम्मेदवारलाई मतदान गरिनुपर्छ ।
संयुक्त गठबन्धनको प्रचार–प्रसारमा सहभागि भएका नेकपा एमाले केन्द्रिय सदस्य शान्ति ढकाल, केन्द्रिय निर्वाचन आयोग सदस्य विजया धिताल, बाँके उपाध्यक्ष डिल्ली बिसी, राप्रपा केन्द्रिय सहमहान्त्री ऋषिराज देवकोटा लगायतले बाँके क्षेत्र नम्बर– १ को समग्र विकासका लागि सूर्य ढकाल र नरेन्द्र पौडेललाई विजयी बनाउन जनता आतुर रहेको बताए ।
राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा नेकपा एमालेको संगठन राम्रो रहेको छ । यी दुई स्थानीय तहका ९ वडामा एमालेले जीतेकोछ । १ वडा जीतेको राप्रपासँग तालमेल र एमाले उम्मेदवार ढकालको लोकप्रियताले आफुहरु जीतको नजिक पुगेको एमाले क्षेत्र नम्बर– १ निर्वाचन परिचालन कमिटीका संयोजक बलराम भट्टराइले बताए ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी