नेपालगन्ज १ मंसिर : आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा प्रतिगमनलाई परास्त गर्न लोकतान्त्रिक बाम गठबन्धनले बाँकेबासीलाई अपिल गरेको छ ।
नेपालगन्जमा बिहीबार बसेको गठबन्धनको बैठक पश्चात संयुक्त रुपमा अपिल जारी गर्दै उक्त गठबन्धनले प्रतिगमनलाई परास्त गर्न, संघिय लोकतान्त्रिक गणतन्त्रको विकास, संविधानको रक्षा, स्थायी सरकार निर्माण गरी देशमा समृद्धि र विकास गर्नका लागि लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई मतदान गरी अत्यधिक मतका साथ विजयी गराउन आग्रह गरेको हो ।
‘बाँके जिल्लाबासी सम्पूर्ण मतदाता आमा, बुवा दिदी बहिनी तथा दाजुभाईहरुमा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट हार्दिक अपिल गर्दछौं,’ उक्त अपिलमा भनिएको छ ।
यसरी अपील जारी गर्नेमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी, जिल्ला सभापति नारायणप्रसाद गौडेल, नेकपा (माओवादी केन्द्र) बाँकेका संयोजक डम्बरबहादुर बिक, नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्यद्वय अशोक कोइराला र अब्दुल हुसेन खाँ तथा राष्ट्रिय जनमोर्चा बाँकेका अध्यक्ष भिमप्रसाद देवकोटा रहेको काँग्रेस बाँकेका सचिव सुधान्सु कोइरालाले जानकारी दिए ।