अरुका नजरमा सुदीप ...


अरुका नजरमा सुदीप ...

बाँके निर्वाचन क्षेत्र नम्बर–२ बाट नेपाली काँग्रेसका प्रतिनिधिसभाका उम्मेदवार सुदीप नरसिंह राणा (रवि) तीन दशकसम्म पार्टीको संगठन सुदृढिकरणमा दत्तचित्त भएर लागे । विद्यार्थी संगठनदेखि राजनीतिक यात्रा शुरु गरेका उनले तरुण दल हुँदै काँग्रेसको मूल संगठनमा पनि नेतृत्वदायी भूमिका निर्वाह गरे । पार्टी संगठनभित्र एक इमानदार, निष्ठावान राजनीतिकर्मीका रुपमा आफ्नो छवि बनाएका सुदीपप्रति अरुको धारणा कस्तो छ, आउनोस् हेरौँ:

कैलाशनाथ कशौधन (पूर्व सांसद)

उहाँ लोकप्रिय नेता हुनुहुन्छ । नेपाली काँग्रेसमा धेरै लामो समयदेखि काम गर्दै आउनुभएका उहाँ सुशील, सज्जन र व्यवहारिक पनि हुनहुन्छ । उहाँले जनप्रतिनिधिका रुपमा धेरै राम्रो काम गर्न सक्नुहुन्छ भन्ने विश्वास मलाई छ । उहाँका अरु प्रतिस्पर्धी र सुदीपबीच तुलना गर्दा फरक पाइन्छ । अरुले पदमा पुग्दा के–के बदमासी गरे, कति असक्षमता देखाए, पदको दुरुपयोग गरेको हाम्रो सामु छर्लङ्ग छ । तर, सुदीपले कहिल्यै नचाहिने गरेको मलाई थाहा छैन ।

अब्दुल हमिद सिद्धिकी (संविधानसभा सदस्य)

Kanti Aarogya Hospital Nepalgunj

तीन दशक पुराना क्रियाशील कार्यकर्ता सुदीपलाई सुशील कोइरालाको निधनपछि पार्टीले बाँके क्षेत्र नं. २ मा प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ । यसलाई स्वगीय सुशील दाईको पहिलो उत्तराधिकारीको रुपमा हामीले लिएका छौं । सुदीप तन, मन र धन लगाएर काम गर्ने नेता हो । जे बोल्छ त्यो गरेर देखाउने वचनमा पक्का उसको बानी छ । तरुणहरुको नेतृत्व गरेको सुदीप हरेक दृष्टिकोणले योग्य छ । अरु उम्मेदवारको कुरा गर्ने हो संविधान नमान्ने, संविधानलाई बहिष्कार गर्ने, आस्था–विचार र सिद्धान्त नभएका, कोही पैसाको बलमा त कोही धर्मको नाममा जनताहरुलाई गुमराह गरिरहेका छन् । जसको तुलनामा सुदीपलाई जिताउनुको विकल्प नै छैन ।

अजितकुमार शर्मा (समाजसेवी)

मैले सुदीपका सबै पाटाहरु लामो समयदेखि अध्ययन गर्दै आएको छु । पदमा पुगेपछि ‘लुटिहालौँ खाइहालौँ’ भन्ने प्रवृत्ति उनीमा छैन । परिवर्तन गरौँ भन्ने भाव अत्यन्त प्रबल रहेको मैले पाएको छु । अवसर पाएमा अरुभन्दा फरक किसिमले उसले काम गर्न सक्छ ।

अलि खरो स्वभावको उहाँमा अरु परम्परावादी तरिकाले मानिसलाई आश्वासन बाँड्ने बानी पनि छैन । अहिलेसम्म भ्रष्टाचार गर्ने र त्यसमा मुछिने काम गर्नुभएको छैन । विद्यार्थी संगठन र तरुण दलमा बरु आफ्ना सम्पत्ति मासेर काम गरेको व्यक्ति हो । त्यसकारण अलिकति केही परिवर्तन ल्याउनुहुन्छ कि भन्ने मैले सोचेको छु । अरुलाई हामीले परीक्षण गरिसकेका छौँ । उहाँलाई अवसर दियौँ भने जनताको अपेक्षामा कुठाराघात हुँदैन भन्ने मैले ठानेको छु ।

किरण आचार्य (शैक्षिक क्षेत्र अगुवा)

बाँके निर्वाचन क्षेत्र नं. २ काँग्रेस नेता सुशील कोइरालाको क्षेत्र भएको र अत्यन्त पुरानो विचार–सिद्धान्तको राजनीति गरिरहेको कांग्रेस पार्टी भएकोले हलुका व्यक्तिलाई उम्मेदवार बनाउने कुरै आउँदैन । बाँकेमा कांग्रेसका धेरै नेताहरुले लोकतन्त्र पुनस्र्थापनाका लागि लामो समय संघर्षमा बिताएका छन्, सुदीप पनि त्यस्तै एक हुनुहुन्छ ।