आम निर्वाचन : दुई लाख ४६ हजार ९६० कर्मचारी परिचालन


आम निर्वाचन : दुई लाख ४६ हजार ९६० कर्मचारी परिचालन

File Photo

नेपालगन्ज २ मंसिरः निर्वाचन आयोगले मतदानका लागि मतपत्र र निर्वाचन सामग्रीसहित करिब दुई लाख ४६ हजार ९६० कर्मचारी एवम् आवश्यकता अनुसारका सुरक्षाकर्मी मतदान स्थलमा पुगिसकेका जनाएको छ ।

मतदान केन्द्रमा पुगेका मतदान अधिकृतबाट सर्वपक्षीय बैठक राख्ने, मतदान केन्द्रको क्षेत्र तोक्ने, प्रचारप्रसार गर्न निषेध गरेको सूचना प्रकाशन गर्ने, शान्ति भङ्ग गर्न निषेध गरेको सूचना प्रकाशन गर्ने, मादक पदार्थ निषेध गर्ने तथा हातहतियार लिएर हिँड्न वा प्रयोग गर्न नदिने लगायत विषयमा आवश्यक तयारी गर्नेछन् ।

Kanti Aarogya Hospital Nepalgunj

त्यसैगरी, भोलीसम्म मतदानमा खटिएका कर्मचारी एवम् सुरक्षाकर्मीबाट मतदान केन्द्रको निर्माण कार्य सम्पन्न हुनेछ । मतदान केन्द्र निर्माण गर्दा लैङ्गिक समावेशी, अपाङ्गता मैत्री तथा सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक, बिरामी र अशक्त मतदाताका लागि सहज हुने गरी बनाउन आवश्यक निर्देशन दिइएको छ ।