आम निार्वचन २०७९

कुन अवस्थामा जमानत जफत हुन्छ


कुन अवस्थामा जमानत जफत हुन्छ

File Photo

नेपालगन्ज ३ मंसिर : प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि आईतबार मंसिर ४ गते मतदान हुँदै छ ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फका उमेदवारले खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याए जमानत जफत हुने कानुनी व्यवस्था छ ।

उमेदवारले जमानत जोगाउन खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउनुपर्छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा उल्लेख छ, ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उमेदवारको धरौटी जफत हुनेछ ।’

Kanti Aarogya Hospital Nepalgunj

त्यस्तै, समानुपातिकतर्फ कुनै दलले कम्तीमा एक सिट पनि नल्याएमा धरौटी जफत हुने व्यवस्था छ ।

‘समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको निर्वाचनमा कुनै दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुनेछ’ सोही दफाको उपदफा २ मा उल्लेख छ ।