बैैतडी जिप दुर्घटना : चार जनाको मृत्यु, घाइतेहरुलाई हेलिकोप्टरमार्फत् कोहलपुर ल्याइयो


बैैतडी जिप दुर्घटना : चार जनाको मृत्यु, घाइतेहरुलाई हेलिकोप्टरमार्फत् कोहलपुर ल्याइयो

नेपालगन्ज ५ मंसिर : बैतडीको पाटनमा मतपेटिका पु¥याएर फर्किंदै गरेको प्रहरी सवार जीप सोमबार बिहान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४, निङ्लाडी खोला भन्ने स्थानमा से१ज ८५४ नम्बरको जीप दुर्घटना भएको हो ।

जीपमा सवारमध्ये तीन प्रहरीको घटनास्थलमै मृत्यु भएको थियो । एकजनाको उपचारका क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । मृतकको सनाखत हुन बाँकी छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

दुर्घटनामा परी गम्भीर घाइते भएका चारजनालाई हेलिकोप्टरमार्फत थप उपचारका लागि कोहलपुर ल्याइएको छ । ६ जनाको प्राथमिक स्वास्थ्य केन्द्रमा पाटनमै उपचार भइरहेको छ ।

जीप सडकबाट करिब ३०० मिटर तल खसेको थियो । दुर्घटनाको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।