प्रादेशिक विश्वविद्यालय बाँकेमा स्थापना नहुने संकेत
नेपालगन्ज : संघीय संरचना कार्यान्वयनसंगै नेपालगन्जमा रहेको प्रशासनिक शक्ति कमजोर बन्दै गएको छ । एकपछि अर्को सरकारी कार्यालय बुटवल र दाङ् सारिएपछि नेपालगन्जको विगतको प्रतिष्ठा र चाम गुमेको छ ।
प्रादेशिक विश्वविद्यालय नेपालगन्जमा स्थापनाको आशाले भने यतिबेला नेपालगन्जलाई केही राहत महशुस भएको थियो । तर, बुधबारदेखि यो आशापनि निराशामा परिणत भएपछि नेपालगन्जमा झनै सन्नाटा छाएको छ ।
प्रदेश नम्बर पाँच सरकारले प्रादेशिक बिश्वबिद्यालय निर्माणका लागि अध्ययन गरिरहेको छ । उक्त अध्ययन समितिले पहिलेबाटै बिश्वबिद्यालयको माग गर्दै आन्दोलन चर्काएको नेपालगन्जलाई प्रादेशिक बिश्वबिद्यालयका लागि उपयुक्त नमान्ने लगभग निश्चित जस्तै भइसकेको छ ।
नेपालगन्जले एकदशक अघि नै नेपालगन्ज बिश्वबिद्यालयका लागि आन्दोलन चर्काएको थियो । आन्दोलनकै कारण उक्त बिश्वबिद्यालयको बिधेयक संसदमा पेश भएको थियो । तर, दशकअघि संसदमा पेश भएको बिधेयक अहिले पनि अलपत्र छ ।
प्रादेशिक विश्वविद्यालय बाँकेमा स्थापना हुन नसक्ने लगभग निश्चित जस्तै देखिएको छ । प्रादेशिक विश्वविद्यालयका लागि करिब उक्त सय विघा जमिन आवश्यक पर्ने र उक्त जमिन बाँके जिल्लाले उपलब्ध गराउँन नसक्ने हुँदा बाँकेमा विश्वविद्यालय स्थापनाको सम्भावना नदेखिएको हो । तर, विश्वविद्यालय कहाँ स्थापना गर्ने भन्ने विषय छलफलकै चरणमा रहेको छ ।
विश्वविद्यालय नेपालगन्जमा स्थापनाका लागि बुधबार नेपालगन्जबाट गएको डेलिगेशन टोलीले मुख्यमन्त्री शंकर पोखरेललाई भेटेर यसबारे छलफल गरेको थियो । उक्त भेटघाटमा मुख्यमन्त्री पोखरेलले घुमाउरो पारामा विश्वविद्यालय स्थापना गर्न सय बिघा जग्गा आवश्यक पर्ने र त्यसको व्यवस्थापन बाँकेले कसरी गर्छ ?’ भन्ने जिज्ञासा राखेको डेलिगेशन टोलीका सदस्य पशुपति दयाल मिश्र बताउँछन् ।
डेलिगेशन टोलीका धेरै सदस्य नेपालगन्जमा प्रादेशिक बिश्वविद्यालय स्थापना भईहाल्छ भन्ने विषयमा उत्साहित नभएको मिश्रले बताए । प्रदेशको अहिलेको संरचना तयार भएपछि नेपालगन्जमा भएका पुराना पूर्वाधार अन्यत्र सार्ने र नयाँ बन्नै नदिने गरेकाले विश्वविद्यालय पनि त्यस्तै हुन्छ की भन्ने आशंका गरिएको थियो । एक सदस्यले भने ‘यो पनि हुने सम्भावना देखिएन् ।’
डेलिगेशन टोलीको नेतृत्व गरेका नेपालगन्जका मेयर धवलशमसेर राणाले नेपालगन्ज ‘विश्वविद्यालयका विषयमा आफु उत्साहित नभएको बताए । मुख्यमन्त्री पोखरेलले डेलिगेशन टोलीसंग भने जस्तै ‘सय विघा जग्गाको जोहो’ कसरी गर्ने ? अब नेपालगन्जमा यो विषयमा घनिभूत छलफल हुनुपर्ने मेयर राणाको भनाई छ ।
डेलिगेशन टोलीका सदस्य मिश्रकाअनुसार विश्वविद्यालयका लागि प्रदेश सरकारले मुआब्जा दिएर जग्गाको व्यवस्थापन गर्न नसक्ने संकेत दिएकोे कारण पनि बाँकेमा प्रादेशिक विश्वविद्यालय स्थापना सम्भाव देखिदैन् ।
प्रदेश सरकारले प्रदेश बिश्वविद्यालय स्थापना गर्न अध्ययन लगायतका काम शुरु गरेका बेला नेपालगन्जले सशक्त रुपमा विश्वविद्यालयको दावी गरेको हो । बिश्वविद्यालयको मुद्दा नेपालगन्जमा शसक्त बन्ने देखिएको छ । प्रदेश पाँचमा रुपन्देहीमा लुम्बिनी बिश्वबिद्यालय, दाङ्मा महेन्द्र संस्कृत बिश्वबिद्यालय भएको अवस्थामा बाँकेमा प्रादेशिक बिश्वबिद्यालय हुनुपर्ने बाँकेबासीको माग छ ।
मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीमा बिरामीलाई अस्पताल छैन : सांसद वासना थापा
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश
लुम्बिनीमा चेतनारायणको सत्ता लम्बियो, पाए विश्वासको मत
भारतीय स्थल सेनाप्रमुखलाई नेपालकाे मानार्थ महारथी