File Photo
नेपालगन्ज ५ मंसिर : बाँकेको क्षेत्र नम्बर–३ मा मतगणना कार्य सोमबार बिहान सुरु भएको छ । भने जिल्लाका अन्य दुई क्षेत्रमा सर्वदलीय बैठक बसिरहेको छ ।
खजुरास्थित कपास विकास समितिको हलमा बिहान साढे ८ बजेबाट मतगणना सुरु भएको हो । निर्वाचन अधिकृत प्रकाशबहादुर भण्डारीका अनुसार गणनाको सुरुवातमा बैजनाथ गाउँपालिका वडा नम्बर–२ को मतपेटिका खोलिएको छ ।
मतगणना स्थलमा सुरक्षाकर्मी, उम्मेदवार, उम्मेदवारका प्रतिनिधी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको छ । उक्त क्षेत्रमा नेपाली काँग्रेसका केन्द्रिय सहमहामन्त्री किशोरसिंह राठौर चुनाव लडेकाले निकै महत्वका साथ हेरिएको छ । यहाँ काँग्रेस नेता राठौर र एमालेका किस्मतकुमार कक्षपतिबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
बाँकी दुई वटा क्षेत्रमा सर्वदलीय बैठक सम्पन्न भएसँगै मतगणना गर्ने तयारी भइरहेको निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्तले जानकारी दिइन् ।
बाँकेको निर्वाचन क्षेत्र नम्बर– १ को मतगणना राप्तीसोनारीको अगैयामा र क्षेत्र नम्बर–२ को मतगणना नेपालगन्जको भेरी प्राविधिक शिक्षालयमा हुनेछ छ ।
निर्वाचन कार्यालयका अनुसार बाँकेमा ६५.७ प्रतिशत मतदान भएको थियो । बाँकेमा तीन लाख ३२ हजार २३१ मतदाता रहेकोमा दुई लाख १८ हजार ३४९ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।