प्रारम्भिक नतिजा : सूर्य ६, रुख २ र घण्टी २ सिटमा अगाडी


सेतोखरी सेतोखरी   सोमबार, मंसिर ५, २०७९
प्रारम्भिक नतिजा : सूर्य ६, रुख २ र घण्टी २ सिटमा अगाडी

नेपालगन्ज ५ मंसिर : आईतबार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक नतिजा आउन थालेको छ । प्रारम्भिक नतिजाले सत्ता गठबन्धनलाई धक्का लाग्ने देखिएको छ । गठबन्धनको घेराबन्दीबीच एमालेले प्रारम्भिक अग्रता बनाइरहेको छ ।

अहिलेसम्मको अवस्था हेर्दा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय राजनीतिमा निर्णायक शक्तिका रुपमा उदाउन सक्ने देखिएको छ । निर्वाचन आयोगले गरिरेको मतगणना अनुसार एमालेले अहिलेसम्म ६ स्थानमा अग्रता बनाएको हो ।

नेकपा एमालेको अग्रता

१. ललितपुर–१ मा नवराज सिलवाल
२. ललितपुर–२ मा प्रेम बहादुर महर्जन
३. ललितपुर–३ मा अमृत खड्का
४. धनुषा–३ मा जुलीकुमारी महतो
५. झापा–२ मा देवराज घिमिरे
६. बाँके–३, किस्मत कक्षपति

नेपाली काँग्रेसको अग्रता

१. मुस्ताङमा योगेश गौचन थकाली
२. भक्तपुर–२ मा दुर्लभ थापा

राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

१. कास्की–२ मा माधवप्रसाद कँडेल
२. काठमाडौं–७ मा गणेश पराजुली