बाँके–३ : अघिअघि एमालेका कक्षपति, पछिपछि काँग्रेसका राठौर


बाँके–३ : अघिअघि एमालेका कक्षपति, पछिपछि काँग्रेसका राठौर

खजुरा (बाँके) ५ मंसिरः बाँकेको क्षेत्र नम्बर–३ मा एमालेका किस्मतकुमार कक्षपतिले सुरुवाती अग्रता लिएका छन् ।

अहिलेसम्म १२ सय ४८ मत गणना हुँदा कक्षपतिले ६ सय मत प्राप्त गरी अग्रता लिएका हुन् ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले ४ सय मत ल्याएर कक्षपतिलाई पछ्याएका छन् । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्लाले २ सय ४८ मत प्राप्त गरेका छन् ।

अहिले बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर–२ स्थित मतदान केन्द्रको मत पेटिका खोलिएको छ । खजुरास्थित कपास विकास समितिको सभाहलमा मत गणना अहिले पनि चलिरहेको छ ।