बाँके–२ : भेरी प्राविधिक शिक्षालयमा मतगणना शुरु


बाँके–२ : भेरी प्राविधिक शिक्षालयमा मतगणना शुरु

File photo

नेपालगन्ज ५ मंसिर : बाँकेको निर्वाचन क्षेत्र नम्बर–२ को मतगणा सुरु भएकोछ ।

नेपालगन्ज स्थित भेरी प्राविधिक शिक्षालयमा यसअघि १२ बजेदेखि मतगणना गर्ने भनिए पनि केहीबेरमा अघि मात्र सुरु भएको हो ।

प्रतिनिधिसभाको सुरुमा गन्ने गरी तयारी गरिएकोमा सबै एकैपटक गन्ने भनिएपछि ठाउँ मिलाउँदा ढिला भएको निर्वाचन अधिकारीहरूले बताएका छन् ।

बाँके क्षेत्र नम्बर–३ को खजुरा स्थित कपास विकास समितिको भवनमा मतगणना भइरहेको छ । दुई हजार एक सय ७५ मतगणना हुँदा एमालेका किस्मतकुमार कक्षपतिले अग्रता लिएका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

कक्षपतिले ९ सय ८४ र काँग्रेसका किशोरसिंह राठौरले ६ सय ८३ मत ल्याएका छन् ।