खजुरा (बाँके) ५ मंसिर : बाँकेको क्षेत्र नम्बर–३ मा अहिलेसम्म ११ हजार ६ सय ६३ मत गणना भएको छ ।
अहिलेसम्मको मत गणना अनुसार नेकपा एमालेका किस्मत कुमार कक्षपति ६ सय ७६ मतान्तरले अगाडि छन् ।
उनले ३ हजार ९९ सय मत प्राप्त गरी अग्रता कायम राखेका छन् । उनलाई नेपाली काँग्रेसका केन्द्रिय सहमहामन्त्री किशोरसिंह राठौरले पछ्याईरहेका छन् । राठौरले २ हजार ४ सय २३ मत प्राप्त गरेका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्लाले १ हजार ५१ मत प्राप्त गरेका छन् । यसैगरी ४ सय ४७ मत बदर भएको छ । खजुरास्थित कपास विकास समितिको कार्यालय भवनमा मतगणना चलिरहेको छ।
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर
बाढी पीडितलाई प्रधानमन्त्रीको सम्बोधन, भने- सिङ्गो राज्य साथमा छ