बाँके– ३ : एमालेका किस्मतको अग्रता कायमै, ६ सय ६३ मतले किसोर पछीपछी


बाँके– ३ : एमालेका किस्मतको अग्रता कायमै, ६ सय ६३ मतले किसोर पछीपछी

खजुरा (बाँके) ५ मंसिर : बाँकेको क्षेत्र नम्बर–३ मा अहिलेसम्म ११ हजार ६ सय ६३ मत गणना भएको छ ।

अहिलेसम्मको मत गणना अनुसार नेकपा एमालेका किस्मत कुमार कक्षपति ६ सय ७६ मतान्तरले अगाडि छन् ।

Kanti Aarogya Hospital Nepalgunj

उनले ३ हजार ९९ सय मत प्राप्त गरी अग्रता कायम राखेका छन् । उनलाई नेपाली काँग्रेसका केन्द्रिय सहमहामन्त्री किशोरसिंह राठौरले पछ्याईरहेका छन् । राठौरले २ हजार ४ सय २३ मत प्राप्त गरेका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्लाले १ हजार ५१ मत प्राप्त गरेका छन् । यसैगरी ४ सय ४७ मत बदर भएको छ । खजुरास्थित कपास विकास समितिको कार्यालय भवनमा मतगणना चलिरहेको छ।