बाँके –२ : डा. धवल दोब्बर मतले अगाडी


बाँके –२ : डा. धवल दोब्बर मतले अगाडी

नेपालगन्ज ५ मंसिर : बाँके निर्वाचन क्षेत्र नम्बर–२ मा राप्रपाका डाक्टर धवल शमशेर राणाले दोब्बर बढीको अग्रता लिएका छन् ।

नेपालगन्जको भेरी प्राविधिक शिक्षालयमा भइरहेको मतगणनामा राप्रपाका डाक्टर राणालाई जसपाका मोहम्मद इस्तियाक राईले पछ्याइरहेका छन् । त्यो पनि दोब्बर मतको अन्तरमा ।

Kanti Aarogya Hospital Nepalgunj

सोमबार बेलुकासम्म ४ हजार २ सय ५५ मत गन्दा डाक्टर राणाले २ हजार तीन सय ४६ मत ल्याएका छन् । जसपाका राईले एक हजार एक सय १३ मत ल्याएका छन् । काँग्रेसका सुदीपनरसिंह राणाले तीन सय २ मत ल्याएका छन् ।

अहिलेसम्म गणना भएको वडालाई एमाले र राप्रपाको संगठन राम्रो भएको मानिन्छ । क्षेत्र नम्बर–२ मा ९७ हजार ८ सय ९ मतदाता रहेकोमा ७६ हजार ९ सय ५० मत खसेको छ । यहाँ राप्रपा र एमालेको गठबन्धन छ ।