बाँके –१ : एमालेका ढकाल ६ सय ७२ मतले अगाडी


बाँके –१ : एमालेका ढकाल ६ सय ७२ मतले अगाडी

नेपालगन्ज ५ मंसिर : बाँके निर्वाचन क्षेत्र नम्बर–१ मा एमालेका सूर्यप्रसाद ढकाल ६ सय ७२ मतले अग्रता लिएका छन् ।

राप्तीसोनारीको अगैयामा जारी मतगणनामा नेकपा एमालेका सूर्यप्रसाद ढकाललाई माओबादीका महेश्वरजंग गहतराज ‘अथक’ले पछ्याइरहेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

सोमबार बेलुकासम्म ३ हजार ५ सय ७५ मत गन्दा एमालेका ढकालले एक हजार ४ सय ५७ मत ल्याएका छन् । माओबादीका अथक राईले ७ हजार ८५ मत ल्याएका छन् । भने जनता साजबादी पार्टी नेपालका रामकुमार यादवले ६ सय १ मत ल्याएका छन् ।

३ हजार ५ सय ७५ मत गन्दा ४ सय २० बदर भएको छ भने ३ हजार एक सय ५५ मत सदर रहेकोछ । बाँके क्षेत्र नम्बर–१ मा एक लाख २१ हजार एक सय मतदाता रहेकाछन् ।