बाँके(खजुरा) ६ : बाँकेको क्षेत्र नम्बर– ३ अन्तरगत प्रदेश सभा ३ (क) मा नेकपा एमालेका रत्नबहादुर खत्रीले अग्रता लिइरहेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार सोमबार अबेर रातीसम्म कुल ६ हजार ९ सय १९ मत गणना भएको छ ।
अहिलेसम्म एमालेका उम्मेदवार खत्रीले ३ हजार ४ सय ५४ मत प्राप्त गरी अग्रता लिएका हुन् । उनलाई पछ्याउँदै स्वतन्त्र उम्मेदवार दलबहादुर सुनारले २ हजार २ सय ७७ मत ल्याएका छन् ।
यसैगरी नागरिक उन्मुक्ती पार्टीका चन्तराम थारुले ८ सय ४८ मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका ईन्द्रप्रसाद खरेल(आईपी)ले २ सय २३ मत प्राप्त गरेका छन् ।
मतगणना गर्दा ३ सय २९ मत बदर भएको छ । मतगणना कार्य अहिले पनि जारी छ । खजुरास्थित कपास विकास समितिको कार्यालयमा मतगणना चलिरहेको हो ।