नेपालगन्ज ६ मंसिर : बाँकेको प्रदेशसभा क्षेत्र नम्बर २(१) मा जनता समाजबादी पार्टी, (जसपा) नेपालका भण्डारीलाल यादवलाई पछि पार्दै नेकपा एमालेका विजय बहादुर यादवले अग्रता लिएकाछन् ।
एमालेका विजयले २ हजार २ सय २५ मत ल्याई अग्रता कायम गरेकाछन् । भने दोस्रोमा झरेका जसपाका भण्डारीलाल यादवले २ हजार २ सय ८ मत र काँग्रेसका राजकुमार बर्माले १ हजार ७ सय १ मत प्राप्त गरेकाछन् । यसअघि यस क्षेत्रबाट जसपाका भण्डारीलाल यादवले अग्रता कायम गरेका थिए ।
यस्तै बाँकेको प्रदेशसभा क्षेत्र नम्बर–२(२) मा जनता समाजबादी पार्टी, (जसपा) नेपालका आदेशकुमार अग्रवालले सुरुवाती अग्रता लिएका छन् । उनले ६४२ मत पाएका छन् ।
नेपाली काँग्रेसका सुरेन्द्रबहादुर हमालले ४९८ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका अकलबहादुर बमले २३८ र नेकपा एमालेका निरक गुरुंगले २३७ मत पाएका छन् ।
क्षेत्र नम्बर–२ मा ९७ हजार ८ सय ९ मतदाता रहेकोमा ७६ हजार ९ सय ५० मत खसेको छ ।
यहाँ प्रतिनिधि सभा सदस्यतर्फ नेकपा एमाले–राप्रपा गठबन्धनबाट डाक्टर धवल शम्सेर राणा, सत्ता गठबन्धनतर्फबाट नेपाली काँग्रेसका सुदीपनरसिंह राणा र जसपाका इस्तियाक प्रतिस्प्रर्धामा रहेकाछन् ।
बाँके क्षेत्र नम्बर–२ को मतगणना यसअघि सोमबार १२ बजेदेखि मतगणना गर्ने भनिए पनि केहीबेरमा ढिलो गरि शुरु भएको थियो । प्रतिनिधिसभाको सुरुमा गन्ने गरी तयारी गरिएकोमा सबै एकैपटक गन्ने भनिएपछि ठाउँ मिलाउँदा ढिला भएको थियो ।