नेपालगन्ज ६ मंसिर : प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मतान्तर बढाउँदै लगेका छन् । सुरुवाती अग्रता लिएका देउवाले अग्रतालाई कायम राख्दै मतान्तर बढाउदै लगेका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार चार हजार ७७३ मतको गणना सकिदाँ देउवाले दुई २८० मतसहित अगाडि छन् । उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पछ्याइरहेका छन् । ढकालले एक हजार २३० मत प्राप्त गरेका छन् ।
नेपाली काँग्रेस (विपी) का कर्णबहादुर मल्लले ८१० मत प्राप्त गरेका छन् । मतगणनाको सुरुवातमा दोस्रो स्थानमा देखिएका मल्ललाई ढकालले पछि पारेका छन् । डडेल्धुरामा सोमबार साँझदेखि मतगणना भइरहेको छ । अहिले पनि मतगणना जारी छ ।
ट्राफिकसँग विवादपछि चालकले लगाएका थिए आफैलाई बसभित्र हुलेर आगो
भित्र आफू हुलिएर २५ वर्षे चालकले किन लगाए बसमा आगो?
दाङका गिरी दाजु-भाई दुईतिर, चार सभापति बाहिरै
नेपालगन्जमा १०७ ग्राम खैरौ हिरोइनसहित श्रीमान्-श्रीमती पक्राउ
काँग्रेस महाधिवेशन: ६ हजार १ सय ३२ वडा अधिवेशन सकिए
परराष्ट्रमन्त्री र प्रधानमन्त्रीलाई रास्वपाकाे यस्ताे निर्देशन