काँग्रेस महामन्त्री गगनको ह्याट्रिक जित


काँग्रेस महामन्त्री गगनको ह्याट्रिक जित

नेपालगन्ज ६ मंसिर : युवा नेता एवम नेपाली काँग्रेसका महामन्त्री गगन थापाले ह्याट्रिक जित निकालेका छन् ।

काठमाडौं–४ बाट थापाले फराकिलो अन्तरले नेकपा एमालेका राजन भट्टराईलाई हराउँदै ह्याट्रिक जित निकालेका हुन् ।

भट्टराईलाई थापाले ७ हजार ४४६ मतान्तरले पराजित गरे । गगन थापाले २१ हजार ३०१ मत पाए भने नेकपा एमालेका उम्मेदवार १३ हजार ८५५ मात्र मत ल्याए ।

०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए । त्यो चुनावमा बाम गठबन्धनका तर्फबाट एमालेका भट्टराई प्रतिस्पर्धामा थिए । तर, ३२ सय मतान्तरले थापाले जितेका थिए । यसपटक थापाले मतान्तरले थप फराकिलो बनाएका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

०७० मा पनि गगनले यही क्षेत्रबाट एमालेका निर्मल कुँइकेललाई पराजित गरेका थिए । ०६४ मा थापा समानुपातिक सांसद थिए ।