बाँके–१ अथकले मतान्तर घटाउन थाले


बाँके–१ अथकले मतान्तर घटाउन थाले

अगैया(बाँके) ६ मंसिरः बाँकेको प्रतिनिधी सभा क्षेत्र नम्बर–१ मा नेकपा एमालेका सूर्य ढकाल ९ सय ३२ मतले अगाडी छन् । ढकाललाई नेकपा माओवादी केन्द्रका उम्मेदवार महेश्वरजंग गहतराज अथकले पछ्याइरहेका छन् ।
गहतराजलाई सुरुवाती चरणदेखी नै पछाडी पार्दै ढकालले अग्रता लिदैँ आएका छन् ।

ढकालले ५ हजार ६ सय ७९ मत प्राप्त गर्दै अग्रता कायम गरेकाछन् । भने उनको निकटतम प्रतिद्वन्द्वी अथकले ४ हजार ७ सय ४७ मत पाएकाछन् ।

यस्तै तेस्रो स्थानमा उनलाई नागरिक उन्मुक्ति पार्टी (ढकिया)का सुरेश कुमार चौधरीले पछ्याउँदै तेस्रो स्थानमा रहेकाछन् । ढकियाका चौधरीले २ हजार ४ सय ४ मत पाउँदा चौथो स्थानमा जनता समाजबादी फोरम,(जसपा) नेपालका रामकुमार यादवले एक हजार ९ सय ६८ मत प्राप्त गरेकाछन् ।

यसअघि १७ हजार १ सय ३६ मत गणना हुँदा एमालेका उम्मेदवार ढकालले ५ हजार ५६९ मत प्राप्त गरेका थिए । यस्तै माओवादी केन्द्रका गहतराजले ४ हजार ५६७ मत ल्याएका थिए । भने नागरिक उन्मुक्ती पार्टीका सुरेशकुमार चौधरीले २ हजार ३१९ मत ल्याएका थिए।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै जनता समाजवादी पार्टी (जसपा) का रामकुमार यादवले १९०६ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आनन्दबाबु काफ्लेले ६२०, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का रामचरण चौधरीले २०६ मत प्राप्त गरेका थिए । यसबेला गणनाका क्रममा अहिलेसम्म १७९१ मत बदर भएको छ ।