खजुरा (बाँके) ६ मंसिर : बाँके क्षेत्र नम्बर–३ को मतगणनाको सुरुवाती चरणदेखि अग्रता कायम गरेका नेकपा एमालेका किस्मत कक्षपति मङ्गलबार विहानदेखि फराकिलो मतान्तरले पछि पर्दै गएकाछन् ।
नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरसंग चुनावी मैदानमा होमिएका नेकपा एमाले बाँकेका अध्यक्ष एवम निर्वतमान खजुरा गाउँपालिकाका अध्यक्ष समेत रहेका कक्षपति मङ्गलबारको मतगणना परिणासंगै पछि पर्दै गएका हुन् ।
मतगणनाको सुरुवाती चरणदेखि सोमबार अबेर रातीसम्म अग्रता कायम गरेका किस्मत यतिबेला काँग्रेसका राठौरलाई पछ्याईरहेकाछन् । यहाँ काँग्रेसका राठौर र एमालेका कक्षपतिबीच कडा प्रतिस्प्रर्धा भइरहेकोछ । कतिपयको आँकल राठौर जित्ने बताइरहेकाछन् भने कतिपयले राठौर र कक्षपतिबीच कडा प्रतिस्प्रर्धामा झिनो मतान्तरले हारजित हुने बताइरहेकाछन् ।
निर्वाचन कार्यालय दिएको सूचना अनुसार मङ्गलबार दिउँसो १ बजेसम्म नेपाली काँग्रेसका किसोरसिहं राठौरले कुल ८ हजार २ सय ६१ मत प्राप्त गर्दै अग्रता कायम राखेकाछन् ।
राठौरलाई नेकपा एमालेका किस्मत कुमार कक्षपतीले पछ्याईरहेकाछन् । किस्मतले ७ हजार ७ सय १८ मत प्राप्त गरेकाछन् । किस्मतले प्राप्त गरेको मत राठौरको भन्दा ५ सय ४३ मत कम हो ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी(घण्टी) का उम्मेदवार देवेन्द्रनाथ शुक्लाले २ अजार ८ सय ३४ मत प्राप्त गरेकाछन् । भने जनमत पार्टीका राजुप्रसाद कुर्मीले ४४९, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी(पुष्पलाल)का उम्मेदवार वीरबहादुर ओली क्षेत्रीले २०४ र नेपाली काँग्रेस (वीपी)का उम्मेदवार दुर्गाबहादुर घिमिरेले १६४ मत प्राप्त गरेकाछन् । खजुरास्थित कपास विकास समितिको भवनमा बाँके क्षेत्र नम्बर–३ को मतगणना चलिरहेकोछ ।