नेपालगन्ज ६ मंसिर : बाँके क्षेत्र नम्बर २(१) बाट जसपाका भण्डारीलाल यादव विजयी भएका छन् । यादव जारी मतगणनामा बाँकेबाट विजयी घोषणा हुने पहिलो उम्मेदवार हुन् ।
जनता समाजवादी पार्टी(जसपा) नेपालका यादवले निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले– राप्रपा गठबन्धनतर्फका एमालेका विजयबहादुर यादवलाई हराउँदै विजयी भएका हुन् । उनी २२ सय मतान्तरले विजयी भए । यद्यपी निर्वाचन आयोगले औपचारिक घोषणा गर्न बाँकी रहेकोछ ।
नेपालगन्जको भेरी प्राविधिक शिक्षालयमा जारी मतगणनाका क्रममा जसपाका भण्डारीलाल यादवले कुल ११ हजार ५०४ मत प्राप्त गरे । दोस्रो स्थानमा रहेका नेकपा एमालेका विजय बहादुर यादवले ९ हजार ३५८ मत पाउँदा नेपाली काँग्रेसका राजकुमार कुर्मीले ८ हजार ७३१ मत पाएका छन् । यो समाचार तयार पार्दासम्म मतगणानाको अन्तिम परिणाम आउन बाँकी छ ।
बाँके क्षेत्र नम्बर २(१)मा ३५ हजार ८६८ मत खसेको थियो । त्यसमा ३३ हजार ४८५ मत सदर भएको थियो भने २ हजार ३८३ मत बदर भएको थियो ।
मतगणनाको सुरुवाती चरणमा अग्रता लिएका जनता समाजबादी पार्टी (जसपा) नेपालका भण्डारीलाल सोमबार बेलुकाको मतगणनासंगै दोस्रो स्थानमा परेका थिए ।
सोमबार रातभरको मतगणनामा अग्रता लिएका नेकपा एमाले– राप्रपा गठबन्धनबाट उम्मेदवार एमालेका विजयबहादुर यादव मङ्गलबार विहानदेखि दोस्रो स्थानमा समेटिए ।
सोही क्षेत्रमा नेपाली काँग्रेसबाट उम्मेदवार बनेका राजकुमार बर्मा मतगणनाको सुरुवातीदेखि नै तेस्रो स्थानमा रहँदै आएका थिए । उनले न त जसपाका भण्डारीलाललाई न त एमाले–राप्रपा गठबन्धनका उम्मेदवार विजयबहादुरलाई उछिन्न सके ।
यसअघि मङ्गलबार दिउँसो १ बजे प्राप्त मत परिणाम अनुसार बाँकेको प्रदेश सभा–२ (क) मा जनता समाजवादी पार्टी(जसपा)का भण्डारीलालले ८ हजार ३ सय ११ मत ल्याएर अग्रता लिएका थिए ।
उनलाई नेकपा एमालेका विजयबहादुर यादवले ६ हजार २ सय ६१ मत ल्याउँदै पछ्याइरहे । भण्डारीलाल र विजयको पछिपछि काँग्रेसका राजकुमार बर्मा थिए ।
अन्तिम चरणमा स्वतन्त्र उम्मेदवार अब्दुल कादिर साईले १४५२, राजकुमार रौनियारले ८५५ र जनमत पार्टीका हरपालसिंह सिखले ६५० मत ल्याएका छन् । नेपालगन्जस्थित भेरी प्राविधिक शिक्षालयमा बाँके क्षेत्र नम्बर २ को मतगणना चलिरहेको छ ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ