बाँके प्रदेश सभा–२ (क) मा जसपाका भण्डारीलाल विजयी


बाँके प्रदेश सभा–२ (क) मा जसपाका भण्डारीलाल विजयी

नेपालगन्ज ६ मंसिर : बाँके क्षेत्र नम्बर २(१) बाट जसपाका भण्डारीलाल यादव विजयी भएका छन् । यादव जारी मतगणनामा बाँकेबाट विजयी घोषणा हुने पहिलो उम्मेदवार हुन् ।

जनता समाजवादी पार्टी(जसपा) नेपालका यादवले निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले– राप्रपा गठबन्धनतर्फका एमालेका विजयबहादुर यादवलाई हराउँदै विजयी भएका हुन् । उनी २२ सय मतान्तरले विजयी भए । यद्यपी निर्वाचन आयोगले औपचारिक घोषणा गर्न बाँकी रहेकोछ ।

नेपालगन्जको भेरी प्राविधिक शिक्षालयमा जारी मतगणनाका क्रममा जसपाका भण्डारीलाल यादवले कुल ११ हजार ५०४ मत प्राप्त गरे । दोस्रो स्थानमा रहेका नेकपा एमालेका विजय बहादुर यादवले ९ हजार ३५८ मत पाउँदा नेपाली काँग्रेसका राजकुमार कुर्मीले ८ हजार ७३१ मत पाएका छन् । यो समाचार तयार पार्दासम्म मतगणानाको अन्तिम परिणाम आउन बाँकी छ ।

बाँके क्षेत्र नम्बर २(१)मा ३५ हजार ८६८ मत खसेको थियो । त्यसमा ३३ हजार ४८५ मत सदर भएको थियो भने २ हजार ३८३ मत बदर भएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

मतगणनाको सुरुवाती चरणमा अग्रता लिएका जनता समाजबादी पार्टी (जसपा) नेपालका भण्डारीलाल सोमबार बेलुकाको मतगणनासंगै दोस्रो स्थानमा परेका थिए ।

सोमबार रातभरको मतगणनामा अग्रता लिएका नेकपा एमाले– राप्रपा गठबन्धनबाट उम्मेदवार एमालेका विजयबहादुर यादव मङ्गलबार विहानदेखि दोस्रो स्थानमा समेटिए ।

सोही क्षेत्रमा नेपाली काँग्रेसबाट उम्मेदवार बनेका राजकुमार बर्मा मतगणनाको सुरुवातीदेखि नै तेस्रो स्थानमा रहँदै आएका थिए । उनले न त जसपाका भण्डारीलाललाई न त एमाले–राप्रपा गठबन्धनका उम्मेदवार विजयबहादुरलाई उछिन्न सके ।

यसअघि मङ्गलबार दिउँसो १ बजे प्राप्त मत परिणाम अनुसार बाँकेको प्रदेश सभा–२ (क) मा जनता समाजवादी पार्टी(जसपा)का भण्डारीलालले ८ हजार ३ सय ११ मत ल्याएर अग्रता लिएका थिए ।

उनलाई नेकपा एमालेका विजयबहादुर यादवले ६ हजार २ सय ६१ मत ल्याउँदै पछ्याइरहे । भण्डारीलाल र विजयको पछिपछि काँग्रेसका राजकुमार बर्मा थिए ।

अन्तिम चरणमा स्वतन्त्र उम्मेदवार अब्दुल कादिर साईले १४५२, राजकुमार रौनियारले ८५५ र जनमत पार्टीका हरपालसिंह सिखले ६५० मत ल्याएका छन् । नेपालगन्जस्थित भेरी प्राविधिक शिक्षालयमा बाँके क्षेत्र नम्बर २ को मतगणना चलिरहेको छ ।