बाँके प्रदेश सभा २(ख) मा जसपाका आदेशको अग्रता कायमै


बाँके प्रदेश सभा २(ख) मा जसपाका आदेशको अग्रता कायमै

नेपालगन्ज ६ मंसिर : बाँकेको प्रदेश सभा क्षेत्र नम्बर २(ख) मा जनता समाजबादी पार्टी(जसपा) नेपालका उम्मेदवार आदेश अग्रवालले आफ्नोे अग्रता कायमै राखेकाछन् ।

गठबन्धनका उम्मेदवारहरु निरक गुरुङ्ग तथा सुरेन्द्र हमाललाई पछि पार्दै जसपाका अग्रवालले अग्रता कायम राखेका हुन् ।

अग्रवालले मङ्गलबार बेलुकासम्म कुल ५ हजार ४ सय १४ मत प्राप्त गरि अग्रता लिएका छन् । उनलाई नेकपा एमाले–राप्रपा गठबन्धतर्फका एमालेका निरक गुरुङले पछ्याईरहेकाछन् । भने नेपाली काँग्रेसका सुरेन्द्र हमाल तेस्रो स्थानमा रहेकाछन् ।

जसपाका अग्रवाल मतगणनाको सुरुवातीदेखि झिनो मतको लुकामारी थिए । काँग्रेसका सुरेन्द्र र एमालेका निरकले लिड गरिरहँदा अग्रवालले उनीहरुलाई पछ्याइरहेका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

अग्रवालले अग्रता कायम राखि पहिलो स्थानमा रहँदा एमालेका निरक गुरुङ्गले ४ हजार ७ सय ५२ मत प्राप्त गरेकाछन् । अग्रवाल र निरकबीच ६६२ मतको मतान्तर रहँदा नेपाली काँग्रेसका सुरेन्द्र हमालले ४ हजार ४ सय ५० मत प्राप्त गर्न सफल भए ।

यस्तै नेकपा (माओबादी केन्द्र) का अकल बहादुर बमले २ हजार ६ स २६, स्वतन्त्र उम्मेदवारद्वय अब्दुल हकिम हलवाईले १ हजार २६३, डाक्टर विनोद कुमार कर्ण एक हजार ६ र लोसपा नेपालका कौशल कुमार मिश्रले ७०६ मत प्राप्त गरेकाछन् ।

नेपालगन्ज स्थित भेरी प्राविधिक शिक्षालयमा यतिबेला मतगणना जारी छ ।