बाँके प्रदेश सभा ३ (क) मा एमालेका रत्न खत्री जित नजिक


बाँके प्रदेश सभा ३ (क) मा एमालेका रत्न खत्री जित नजिक

नेपालगन्ज ६ मंसिर : बाँकेको प्रदेश सभा क्षेत्र नम्बर ३(क) मा नेकपा एमालेका रत्न खत्री जित नजिक पुगेकाछन् ।

मतगणनाको सुरुवाती चरणदेखि नै अग्रता लिएका एमालेका खत्रीले १० हजार २ सय ५५ मत प्राप्त गरेकाछन् । खत्रीको अग्रतासंगै उनी जित नजिक पुगेका हुन् ।

अन्तिम मत परिणाम आउनुअघि खत्रीलाई सत्तागठबन्धन नेपाली काँग्रेस र माओवादी केन्द्रको साथ रहेको स्वतन्त्र उम्मेदवार दलबहादुर सुनारले पछ्याई रहेका छन् ।

सुनारले ८ हजार ५ सय १४ मत पाएका छन् । सुनारभन्दा खत्री एक हजार ७ सय ४१ मतले अगाडी छन् । स्वतन्त्र उम्मेदवारी दिएका सुनार सत्तागठबन्धनले सघाउने सहमतिमा अन्तिम समयमा माओवादी केन्द्र प्रवेश गरेका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै नागरिक उन्मुक्ति पार्टीका चन्तराम थारु ८ हजार ४२ मतका साथ तेस्रो स्थानमा छन् । सत्तागठबन्धनका आधिकारिक उम्मेदवार माओवादी केन्द्रका इन्द्रप्रसाद खरेल (आइपी) चौथो स्थानमा छन् । उनले एक हजार २४ मत प्राप्त गरेकाछन् ।

यस्तै नेपाल मजदूर किसान पार्टीका जय बहादुर बुढाले २३५ र जसपाका गयासुद्दिन खाँले १५९ मत प्राप्त गरेकाछन् । बाँके क्षेत्र नम्बर ३ को मतगणना खजुरा स्थित कपास विकास समितिको कार्यालयमा भइरहेकोछ।