बाँके–२ : फराकिलो मतान्तरमा डा. धवल जित सम्मुख


बाँके–२ : फराकिलो मतान्तरमा डा. धवल जित सम्मुख

नेपालगन्ज ६ मंसिर : बाँके क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार डाक्टर धवल शम्शेर राणा फराकिलो मतान्तरमा जित सम्मुख पुगेकाछन्। नेपालगन्जस्थित भेरी प्राविधिक शिक्षालयमा भइरहेको मतगणनाको पछिल्लो प्राप्त मत परिणाम अनुसार डाक्टर राणा जित सम्मुख पुगेका हुन् ।

डाक्टर राणाले निकटतम प्रतिद्वन्द्वी जनता समाजबादी पार्टी(जसपा) नेपालका मोहम्मद इस्तियाक राईलाई फराकिलो मतान्तरमा पछि पार्दै जित नजिक पुगेका हुन् ।

मतगणनाको सुरुवातीदेखि नै अग्रता लिएका डाक्टर धवलले मङ्गलबार अबेर रातीसम्म कुल २२ हजार ६ सय ५ मत पाएकाछन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजबादी पार्टी(जसपा) नेपालका मोहम्मद इस्तियाक राईले १६ हजार १ सय ४८ मत प्राप्त गरेकाछन् ।

डाक्टर धवल इस्तियाक भन्दा ६ हजार ४५७ मतले अगाडी रहेकाछन् । भने नेपाली काँग्रेसका सुदीपनरसिंह राणाले ३ हजार ११९ मत प्राप्त गर्दै तेस्रो स्थानमा समेटिएकाछन् ।

Kanti Aarogya Hospital Nepalgunj

अब १८ हजार ५१५ मत गणना हुन बाँकी रहेकोछ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार रातभरी मत गणना जारी राखी भोली(बुधबार) विहान सम्म गणना गरिसक्ने छ ।

यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीका विनोद कुमार अग्रहरीले ९८२, नेकपा माक्र्सबादी(पुष्पलाल) खलुप्रसाद थारुले ४७३ र स्वतन्त्र उम्मेदवारद्वय दीवाकर खनालले ३७८ र इरफान अहमद शेषले ७८४ मत प्राप्त गरेकाछन् ।
आम निर्वाचनको मिति घोषणासगैं बहुचर्चाको क्षेत्र बनेको बाँके क्षेत्र नम्बर–२ को चुनावी प्रतिस्प्र्रधा रोचक त थियो नै मतगणना पनि उत्तिकै चाख लाख्दो छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमाले–राप्रपा गठबन्धनबाट राप्रपाका डाक्टर धवल शम्सेर राणा, नेपाली काँग्रेसका सुदीपनरसिंह राणा र जनता समाजबादी पार्टी, (जसपा) नेपालका मोहम्मद इस्तियाक राईबीच त्रिपक्षिय चुनावी भिडन्त भएको थियो ।

निर्वाचनमा होमिएका तीनैजनाबीच प्रतिस्प्रर्धा भएपनि डाक्टर धवल र राईबीच नै कडा प्रतिस्प्रर्धा भएको थियो । चुनावमा जीत हाँसिल गर्न यी दुई शक्तिले बडो कसरत गरेका थिए ।

मतगणनाको सुरुवाती चरणबाटै अग्रता कायम गरिरहेका नेकपा एमाले–राप्रपा गठबन्धनतर्फबाट राप्रपाका डाक्टर धवल आफ्ना निकटतम प्रतिद्वन्द्वी इस्तिायकलाई फराकिलो मतान्तरले पछाडी पारी जित सम्मुख भएकाछन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको मङ्गलबार दिउँसो साढे दुईबजेसम्मको मत परिणाम अनुसार मतगणनाको सुरुवाती चरणबाटै अग्रता कायम राखेका डाक्टर धवलले पुर्वमन्त्री समेत रहेका जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार मोहम्मद इश्तियाक राईलाई ४ हजार ७ सय ९६ मतले पछाडी पारेका थिए ।

डाक्टर धवलले कुल १३ हजार ३ सय ५५ मत ल्याएर अग्रता लिइरहेका बेला धवलको पछिपछि आएका पुर्वमन्त्री समेत रहेका राईले ८ हजार ५ सय ५९ मत प्राप्त गरेका थिए ।

यसैगरी नेपाली काँग्रेसका उम्मेदवार सुदीपनरसिंह राणा एक हजार ७ सय ५९ मत ल्याएर तेस्रो स्थानमा थिए । त्यस्तै मङ्गलबार दिउँसोको मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका बिनोद अग्रहरीले ६ सय ४, स्वतन्त्र उम्मेदवार इरफान अहमद शेखले ४ सय ९९ र अर्का स्वतन्त्र उम्मेदवार दीवाकर खनालले २ सय ६७ मत प्राप्त गरेका थिए ।

नेपालगन्जस्थित भेरी प्राविधिक शिक्षालयको हलमा बाँके क्षेत्र नम्बर–२ को मतगणना कार्य चलिरहेको छ ।