बाँके–३ : काँग्रेसका राठौर तीन हजार ८ सय ६५ मतले अग्रता कायम


बाँके–३ : काँग्रेसका राठौर तीन हजार ८ सय ६५ मतले अग्रता कायम

खजुरा (बाँके) ७ मंसिर : बाँकेको प्रतिनिधी सभा क्षेत्र नम्बर– ३ मा नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौंरले मतान्तर ह्वात्तै बढाएका छन् ।

खजुरास्थित कपास विकास समितिको कार्यालयमा जारी मतगणना अनुसार उनले नेकपा एमालेका किस्मतकुमार कक्षपतिलाई ३ हजार ८ सय ६५ मतले पछाडी पारेका हुन् ।

काँग्रेस सहमहामन्त्री राठौरले १७०४६ मत ल्याएर अग्रता लिइरहेका छन् । राठौरलाई पछ्याउँदै एमालेका कक्षपतिले १३१८१ मत ल्याएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्ला ४३५१ मत प्राप्त गरी तेस्रो स्थानमा छन् ।

यसैगरी जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार नोयन्द्र धितालले २९७५ मत प्राप्त गरी चौथो स्थानमा उक्लिएका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

बाँके क्षेत्र नम्बर–३ को मतगणनाको सुरुवाती चरणदेखि अग्रता कायम गरेका नेकपा एमालेका कक्षपति मङ्गलबार विहानदेखि फराकिलो मतान्तरले पछि पर्दै गएका हुन् ।

नेपाली काँग्रेसका सहमहामन्त्री राठौरसंग चुनावी मैदानमा होमिएका नेकपा एमाले बाँकेका अध्यक्ष एवम निर्वतमान खजुरा गाउँपालिकाका अध्यक्ष समेत रहेका कक्षपति मङ्गलबारको मतगणना परिणासंगै पछि पर्दै गएका हुन् ।

मतगणनाको सुरुवाती चरणदेखि सोमबार अबेर रातीसम्म अग्रता कायम गरेका किस्मत यतिबेला काँग्रेसका राठौरलाई पछ्याईरहेकाछन् । यहाँ काँग्रेसका राठौर र एमालेका कक्षपतिबीच कडा प्रतिस्प्रर्धा भइरहेकोछ । कतिपयको आँकल राठौर जित्ने बताइरहेकाछन् भने कतिपयले राठौर र कक्षपतिबीच कडा प्रतिस्प्रर्धामा झिनो मतान्तरले हारजित हुने बताइरहेकाछन् ।