अगैया(बाँके) ६ मंसिरः बाँकेको प्रतिनिधी सभा क्षेत्र नम्बर–१ मा नेकपा एमालेका सूर्य ढकाल एक हजार ७ सय १ मतले अगाडी छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार महेश्वरजंग गहतराज ‘अथक’भन्दा उनी सुरुवाती चरणदेखी नै अगाडी भएका हुन् ।
निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी अनुसार ढकालले १३ हजार २ सय ७५ मतका साथ अग्रता लिएका हुन् । युवा तथा खेलकुद मन्त्री समेत रहेका गहतराजले ११ हजार ५ सय ७४ मत ल्याएका छन् । ढकाल र गहतराजबीच १७०१ मतको अन्तर छ ।
यसैगरी नागरिक उन्मुक्ती पार्टीका सुरेशकुमार चौधरीले ६९५३ मत ल्याएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आनन्दबाबु काफ्लेले ३५८१ र जनता समाजवादी पार्टी (जसपा) का रामकुमार यादवले २२८० मत ल्याएका छन् ।
गहतराजलाई सुरुवाती चरणदेखी नै पछाडी पार्दै ढकालले अग्रता लिदैँ आएका हुन् । मङ्गलबार अबेर रातीसम्म ढकालले ९ हजार १८ मत प्राप्त गर्दै अग्रता कायम राखेका थिए । भने उनका निकटतम प्रतिद्वन्द्वी अथकले ७ हजार ९ सय ६२ मत प्राप्त गरेका थिए ।
बाँके क्षेत्र नम्बर १ को मतगणना राप्तीसोनारी गाउँपालिकाको अगैयामा भइरहेकोछ ।