आम निर्वाचन : कहाँ कसले जित्यो, कसको अग्रता ?


आम निर्वाचन : कहाँ कसले जित्यो, कसको अग्रता ?

नेपालगन्ज ७ मंसिर : आम निर्वाचन अन्र्तगत प्रतिनिधिसभा र प्रदेशसभाको मत परिणाम आउने क्रम जारी छ । अहिलेसम्म सबैभन्दा धेरै स्थानमा काँग्रेसले जित हाँसिल गरेको छ । अहिलेसम्म प्रधानमन्त्री एवम नेपाली काँग्रेसका सभापति समेत रहेका शेरबहादुर देउवासहित प्रतिनिधिसभामा काँग्रेसले जम्मा १३ सिट जित हाँसिल गरेको छ ।

काठमाडौंका पाँच क्षेत्रमा काँग्रेसले जित हासिल गरेको छ । यो समाचार तयार पार्दासम्म काँग्रेसको सत्ता सहयात्री दल नेकपा माओवादी केन्द्रले खाता खोलेकोछ । सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ बाट माओवादीका लेखनाथ दाहाल ‘राजन’ विजयी भएका हुन् ।

अर्को सहयात्री दल नेकपा एकीकृत समाजवादीले भने एक स्थानमा जित हाँसिल गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंका तीनवटा निर्वाचन क्षेत्रमा जित हाँसिल गरेको छ । बुधबार दिउँसो साढे १२ बजेसम्मको अपडेट अनुसार राप्रपाले १ र नागरिक उन्मुक्ति पार्टीले १ निर्वाचन क्षेत्रमा जित हाँसिल गरेको छ ।

नेपाली काँग्रेसले जित हाँसिल गरेका क्षेत्र

Kanti Aarogya Hospital Nepalgunj

१– योगेश गौचन थकाली, मुस्ताङ
२– टेकबहादुर गुरुङ, मनाङ
३– प्रकाशमान सिंह, काठमाडौं–१
४– गगन थापा, काठमाडौं ४
५– प्रदिप पौडेल काठमाडौं ५
६– मोहन आचार्य रसुवा
७– उदयशमशेर जबरा ललितपुर १
८– सन्तोष चालिसे काठमाडौं ३
९– शंकर भण्डारी तनहुँ २
१०– शेरबहादुर देउवा डडेल्धुरा
११– राजेन्द्रकुमार केसी काठमाडौं १०
१२– रमेश रिजाल पर्सा ४
१३– हृदयराम थानी, सुर्खेत २

नेकपा माओवादी केन्द्र जित हाँसिल गरेका क्षेत्रहरु

१– लेखनाथ दाहाल ‘राजन’, सिन्धुली २

नेकपा एमालेले जित हासिल गरेका क्षेत्रहरु

१– प्रेमबहादुर महर्जन ललितपुर २
२– अम्बरबहादुर रायमाझी उदयपुर २
३– कृष्णगोपाल श्रेष्ठ काठमाडौं ९

राष्ट्रिय स्वतन्त्र पार्टीले जित हासिल गरेका क्षेत्रहरु

१– गणेश पराजुली काठमाडौं ७
२– विराजभक्त श्रेष्ठ–काठमाडौं ८
३– सोविता गौतम–काठमाडौं २

एकीकृत समाजवादीले जित हासिल गरेका क्षेत्रहरु

१– शेरबहादुर कुँवर अछाम १

राप्रपाले जित हासिल गरेका क्षेत्रहरु

१–धवलशमशेर जबरा बाँके २

नागरिक उन्मुक्ति पार्टीले जित हासिल गरेका क्षेत्रहरु

१– गंगाराम चौधरी कैलाली ३

अहिले पछिल्लो विवरणअनुसार कम्तिमा ४२ स्थानमा नेकपा एमालेले अग्रता लिएको छ । नेकपा एमालेलाई पछ्याउँदै काँग्रेसले ४० स्थानमा अग्रता लिइरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि अझै पाँच स्थानमा अग्रता लिइरहेको छ । नेकपा माओवादी केन्द्रले १६ स्थानमा अग्रता हाँसिल गरेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, रेखा शर्मा, अमनलाल मोदी, लेखनाथ दाहाल, माधव सापकोटा, देवेन्द्र पौडेललगायतका नेताले अग्रता हासिल गरेका छन् । माओवादी केन्द्रले अहिलेसम्म खाता खोल्न सकेको छैन । माओवादी केन्द्र अहिलेको सत्ता साझेदार पार्टी हो ।

त्यसैगरी कांग्रेसले अग्रता लिएका नेताहरुमा रामचन्द्र पौडेल तनहुँ, पूर्णबहादुर खड्का सुर्खेत, शशांक कोइराला नवलपुर, शेखर कोइराला मोरङ, सुरेन्द्र चौधरी सिरहा, बालकृष्ण खाँण, रामहरि खतिवडा, दुर्लभ थापालगायतका नेताहरुले अग्रता लिइरहेका छन् ।

नेकपा एमालेका नेताहरु गोकर्ण विष्ट, सूर्यबहादुर थापा, भगवती चौधरी, दामोदर भण्डारी, ठाकुर गैरे, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, रघुबीर महासेठ, विद्या भट्टराई ऋषिकेष पोखरेल, बलराम अधिकारीलगायतका नेताहरुले अग्रता लिएका छन् ।

एकीकृत समाजवादीमा माधवकुमार नेपाल, प्रेमबहादुर आले, किसान श्रेष्ठ, राजेन्द्र पाण्डे, मेटमणि चौधरीले अग्रता लिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, शिशिर खनाल, हरि ढकाल, डा. तोसिमा कार्कीलगायतका नेताहरुले अग्रता लिइरहेका छन् ।

नागरिक उन्मुक्ति पार्टीले अहिलेसम्म एक सिटमा जित हासिल गरेको छ । कैलाली र बर्दियाका तीन क्षेत्रमा सो पार्टीका उमेदवारहरुले अग्रता लिएका छन् । राप्रपाले पनि एक स्थानमा जित हासिल गरेको छ भने अहलिे चार स्थानमा अग्रता लिइरहेको छ ।

राप्रपाका विक्रम पाण्डे, ध्रुबबहादुर प्रधान, ज्ञानेन्द्र शाही, राजेन्द्र लिङ्देनलगायतका नेताहरुले अग्रता हासिल गरेका छन् । त्यसैगरी अहिले जनमत पार्टीले पनि दुई स्थानमा अग्रता हासिल गरेको छ । सीके राउतले सप्तरी र विनोदकुमार यादवले सिराहाबाट अग्रता लिइरहेका छन् ।