काँग्रेस बाँकेका निर्वतमान सभापति किरणलाई मातृशोक


काँग्रेस बाँकेका निर्वतमान सभापति किरणलाई मातृशोक

नेपालगन्ज ७ मंसिर : नेपाली काँग्रेस बाँकेका निर्वतमान सभापति किरण कोइरालालाई मातृशोक परेको छ । उनकी आमा नानुदेवी शर्माको ९४ वर्षको उमेरमा बुधबार बिहान निधन भएको हो ।

श्वास प्रश्वास सम्बन्धी समस्या भएपछि उनलाई भेरी अस्पताल नेपालगन्जको आईसियु कक्षमा भर्ना गरिएको थियो । स्वर्गीय नानुदेवीलाई धार्मिक विधिपुर्वक बुधबार नै बाँकेस्थित राप्ती नदीको सिधनियाघाटमा अन्त्येष्टी गरिएको छ ।

अन्त्येष्टी गर्नुअघि नेपाली काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल र नेता अजितकुमार शर्माले संयुक्त रुपमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली ब्यक्त गरेका थिए । सो क्रममा श्रद्धाञ्जली स्वरुप १ मिनेट मौनधारण गरिएको थियो ।

अन्त्येष्टीका क्रममा बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर–२ का नवनिर्वाचित सांसद डाक्टर धवलसम्शेर राणा, स्थानीय तहका जनप्रतिनिधीहरु, नेपाली काँग्रेसका नेता, कार्यकर्ता, परिवारका सदस्य, आफन्तजन, सञ्चारकर्मी, सर्बसाधारण लगायतको ठुलो संख्यामा उपस्थिती रहेको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

स्वर्गीय नानुदेवीका तीन छोरी छन् । जेठी छोरी किरण, माईली छोरी उषा ढुंगाना र कान्छी छोरी निशा शर्मा हुन् । स्वर्गीय नानुदेवीका नातिनी दिक्षा कोइराला नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य र नाति सुधान्सु कोइराला काँग्रेस बाँकेका सचिव हुन् ।