बर्दिया ७ मंसिर : बर्दिया क्षेत्र नम्बर–२ मा स्वतन्त्र उम्मेदवारी दिएका लालविर चौधरी विजयी भएकाछन् ।
बुधवार सम्पन्न मत गणनामा एक सय ३५ मत अन्तरको अन्तरमा नल्का(धारा) चुनाव चिन्हबाट निर्वाचनमा होमिएका लालविरलाई नागरिक उम्मुक्ति पार्टीको समर्थन थियो ।
चौधरीले गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका सुरेश पन्थलाई पराजित गरे । चौधरीले २६ हजार ५ सय २० मत ल्याउँदा सुरेशले २६ हजार ३ सय ८४ मत ल्याए ।
यसैगरी नेकपा एमालेका पंकजसिंह राठौरले १६ हजार ९० मत प्राप्त गर्दा राप्रपाका विनय रावलले १३ हजार २ सय ९२ मत पाए ।
यअसघि सो निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले उम्मेदवारी दिएका थिए । निर्वाचन आयोगले रेशमको उम्मेदवारी खारेज गरेंसगैैं स्वतन्त्र उम्मेदवारी दिएका लालविरलाई नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेको थियो । लालविर रेशमका बुवा(पिता) हुन् ।
यसअघि २०७४ सालको निर्वाचनमा यो क्षेत्रबाट नेकपा माओवादी केन्द्रले जित निकालेको थियो ।
यसैगरी बर्दिया क्षेत्र नम्बर– १ को प्रदेश सभा ‘क’ मा गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका भुवनेश्वर चौधरी बिजयी भएकाछन् ।
उनले नेकपा एमालेका उम्मेदवार शालिकराम अधिकारीलाई एक सय १९ मतको फरकमा पराजित गरे । चौधरीले १७ हजार २६ मत ल्यायर विजय हुँदा नेकपा एमालेका शालिकराम अधिकारीले १६ हजार ९ सय ७ मत ल्याए ।
घरमै छापा मारेर नेपालगन्जबाट लागुऔषधसहित दुईजना पक्राउ
नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाको पाँचौँ अधिवेशन
बाढी प्रभावित बालबालिका पढाउन अर्बपति शेष घलेको ५७ करोड ८५ लाख सहयोग
संविधानका बाचा पूरा गर्न सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री
महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडाहरूमा नयाँ नेतृत्व चुनिदैं
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा