बाँके–३ ‘क’: एमालेका रत्न विजयी


बाँके–३ ‘क’:  एमालेका रत्न विजयी

नेपालगन्ज ७ मंसिर : बाँकेको प्रदेश सभा क्षेत्र नम्बर ३(क) मा नेकपा एमालेका रत्न खत्री विजयी भएकाछन् ।

मतगणनाको सुरुवाती चरणदेखि नै अग्रता लिएका एमालेका खत्रीले १३ हजार १ सय ५८ मत ल्याउँदै विजयी भएका हुन् ।

अन्तिम मत परिणाम आउनुअघि खत्रीलाई सत्तागठबन्धन नेपाली काँग्रेस र माओवादी केन्द्रको साथ रहेको स्वतन्त्र उम्मेदवार दलबहादुर सुनारले पछ्याई रहेका छन् ।

सुनारले ११ हजार ४ सय ६४ मत पाएका छन् । सुनारभन्दा खत्री एक हजार ६ सय ९४ मतान्तमार विजयी भए । स्वतन्त्र उम्मेदवारी दिएका सुनार सत्तागठबन्धनले सघाउने सहमतिमा अन्तिम समयमा माओवादी केन्द्र प्रवेश गरेका थिए ।

Kids Festival 2022
kanti aarogya hospital

यस्तै नागरिक उन्मुक्ति पार्टीका चन्तराम थारु ९ हजार ५ सय ४७ मतका साथ तेस्रो स्थानमा समेटिए । सत्तागठबन्धनका आधिकारिक उम्मेदवार माओवादी केन्द्रका इन्द्रप्रसाद खरेल (आइपी) चौथो स्थानमा छन् । उनले एक हजार ९ सय ९४ मत प्राप्त गरे ।

यस्तै नेपाल मजदूर किसान पार्टीका जयबहादुर बुढाले २७३ र जसपाका गयासुद्दिन खाँले एक हजार ४ सय ५५ मत प्राप्त गरेकाछन् ।

यो समाचार तयार पार्दासम्म बाँके क्षेत्र नम्बर ३ को मतगणना खजुरा स्थित कपास विकास समितिको कार्यालयमा भइरहेकोछ । प्रतिनिधि तथा प्रदेश सभा ‘ख’ मतगणना चलिरहेकोछ ।