बाँके–३ : काँग्रेसका सहमहामन्त्री राठौर जित सम्मुख


बाँके–३ : काँग्रेसका सहमहामन्त्री राठौर जित सम्मुख

खजुरा (बाँके) ७ मंसिर : बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर जित सम्मुख पुगेकाछन् ।

मतगणनाको सुरुवाती चरणदेखि झिनो मतान्तरले लुकामारी खेलिरहेका राठौरले मङ्गलबार रातीदेखि ह्वात्तै मतान्तर बढाएर अग्रता लिएपछि उनी जित सम्मुख पुगेका हुन् ।

बाँकेको खजुरास्थित कपास विकास समितिको कार्यालयमा जारी पछिल्लो मतगणना अनुसार राठौरले २३ हजार ४० मत प्राप्त गर्दै जित सम्मुख पुगेकाछन् । उनले नेकपा एमालेका निकटतम प्रतिद्वन्द्वी किस्मत कुमार कक्षपतिलाई ४ हजार ९ सय १५ मतान्तरले पछि पारेका हुन् ।

काँग्रेसका राठौरलाई पछ्याइरहेका किस्मतले १८ हजार १ सय २५ मत प्राप्त गरेकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

यसैगरी राष्ट्रिय स्वतन्त्रता पार्टीका देवेन्द्र नाथ शुक्लाले ५ हजार २ सय १३ मत प्राप्त गर्दै तेस्रो स्थान ओगेटेका छन् । भने जनता समाजबादी पार्टी(जसपा) नेपालका नोयन्द्र धितालले ४ हजार ४० मत प्राप्त गरेकाछन् । जनमत पार्टीका राजुप्रसाद कुर्मीले २ हजार ४ सय २६ मत हाँसिल गरे ।

यसअघि बुधबार विहानको मत परिणाममा राठौरले नेकपा एमालेका किस्मतकुमार कक्षपतिलाई ३ हजार ८ सय ६५ मतले पछाडी पारेका थिए ।

काँग्रेस सहमहामन्त्री राठौरले १७०४६ मत ल्याएर अग्रता लिइरहेका बेला एमालेका कक्षपतिले १३१८१ मत ल्याएर पछ्याइरहे ।

बाँके क्षेत्र नम्बर–३ को मतगणनाको सुरुवाती चरणदेखि अग्रता कायम गरेका नेकपा एमालेका कक्षपति मङ्गलबार विहानदेखि फराकिलो मतान्तरले पछि पर्दै गएका हुन् ।

नेपाली काँग्रेसका सहमहामन्त्री राठौरसंग चुनावी मैदानमा होमिएका नेकपा एमाले बाँकेका अध्यक्ष एवम निर्वतमान खजुरा गाउँपालिकाका अध्यक्ष समेत रहेका कक्षपति मङ्गलबारको मतगणना परिणामसंगै पछि पर्दै गएका हुन् ।
मतगणनाको सुरुवाती चरणदेखि सोमबार अबेर रातीसम्म अग्रता कायम गरेका किस्मत फराकिलो मतान्तरमा यतिबेला काँग्रेसका राठौरलाई पछ्याईरहेकाछन् ।