अगैया(बाँके) ७ मंसिरः बाँके क्षेत्र नम्बर– १ बाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार नेकपा एमालेका सूर्य ढकालको जित सुनिश्चित भएकोछ ।
मतगणनाको सुरुवाती चरणदेखि नै अग्रता लिएका एमालेका सूर्य बुधबार बेलुकासम्मको मत परिणामले जित सुनिश्चित गरेका हुन् ।
सूर्यले आफ्नो निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार महेश्वरजंग गहतराज ‘अथक’लाई ३ हजार एक सय ७२ मतान्तरले पछि पारेकाछन् ।
एमालेका सूर्यले कुल १८ हजार २ सय ४४ मत ल्याउँदा माओबादी केन्द्रका अथकले १५ हजार ७२ मत प्राप्त गरेकाछन् । अथक युवा तथा खेलकुद मन्त्री हुन् ।
यस्तै नागरिक उन्मुक्ति पार्टीका सुरेश कुमार चौधरीले ८ हजार ४ सय ९२ मत प्राप्त गरेकाछन् । राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्दबाबु काफ्लेले ५ हजार ९ सय २८, जनता समाजबादी पार्टी, (जसपा) नेपालका रामकुमार यादवले २ हजार ५०२ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार प्रदीपकुमार शाहले ५१७ मत प्राप्त गरेकाछन् ।
गहतराजलाई सुरुवाती चरणदेखी नै पछाडी पार्दै ढकालले अग्रता लिदैँ आएका हुन् । मङ्गलबार अबेर रातीसम्म ढकालले ९ हजार १८ मत प्राप्त गर्दै अग्रता कायम राखेका थिए । भने उनका निकटतम प्रतिद्वन्द्वी अथकले ७ हजार ९ सय ६२ मत प्राप्त गरेका थिए ।
बाँके क्षेत्र नम्बर १ को मतगणना राप्तीसोनारी गाउँपालिकाको अगैयामा भइरहेकोछ ।
हावाहुरी, बर्षा, बाढी र पहिरो : लुम्बिनी प्रदेशको अवस्था कस्तो छ?
लुम्बिनी र कर्णालीसहित देशका सबैजसो मुख्य राजमार्ग-सडकहरू बन्द
‘नेपालको पुन: निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेल बेलायतले नेतृत्व गर्नसक्छ’
पश्चिमतिर बर्षाको ‘अत्यधिक जोखिम’, २५ जिल्लामा यातायात बन्द
सगरमाथादेखि समुद्रसम्म, पशुपतिनाथदेखि बुद्धकाे बाटाेसम्म
यी हुन् बाँकेका पालिकामा काँग्रेस हाँक्ने नेतृत्व