बाँके – ३ ‘ख’ : काँग्रेसका बादशाह निर्वाचित


बाँके – ३ ‘ख’ : काँग्रेसका बादशाह निर्वाचित

खजुरा(बाँके) ८ मंसिर : बाँकेको निर्वाचन क्षेत्र नम्बर–३ अन्तरगत पर्ने प्रदेश सभा–३ (ख) मा नेपाली काँग्रेसका बादशाह कुर्मी निर्वाचित भएका छन् । काँग्रेस नेता कुर्मी २ हजार ४ सय ८३ मतको अन्तरले निर्वाचित भएका हुन् ।
कुर्मीले १३ हजार ४ सय ३३ मत प्राप्त गरे, भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भिम ओलीले १० हजार ९ सय ५० मत ल्याएका छन् ।

यस्तै जनता समाजवादी पार्टी (जसपा) का विजयकुमार पाठकले ४ हजार ४ सय ५१ मत ल्याएका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

कुल ५१ हजार ७ सय २६ मतदाता रहेको उक्त प्रदेश सभामा ३३ हजार ७ सय ३ मत खसेको थियो । यस्तै १ हजार ९ सय ८१ मत बदर भएको थियो । निर्वाचनमा ९ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।