खजुरा (बाँके) ८ मंसिर : बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर विजयी भएकाछन् ।
मतगणनाको सुरुवाती चरणदेखि झिनो मतान्तरले लुकामारी खेलिरहेका राठौरले मङ्गलबार रातीदेखि ह्वात्तै मतान्तर बढाएर अग्रता लिएपछि उनी जित निकाल्न सफल भए ।
बाँकेको खजुरास्थित कपास विकास समितिको कार्यालयमा जारी पछिल्लो मतगणना अनुसार राठौरले २९ हजार ४० मत प्राप्त गर्दै विजयी बने । उनले नेकपा एमालेका निकटतम प्रतिद्वन्द्वी किस्मत कुमार कक्षपतिलाई ४ हजार ७ सय ९३ मतान्तरले हराए ।
काँग्रेसका राठौरलाई पछ्याइरहेका किस्मतले २४ हजार २ सय ४७ मत प्राप्त गर्दै हार ब्यहोर्नुपर्यो ।
यसैगरी राष्ट्रिय स्वतन्त्रता पार्टीका देवेन्द्र नाथ शुक्लाले ७ हजार ४ सय ३९ मत प्राप्त गर्दै तेस्रो स्थान ओगेट्न सफल भए । भने जनता समाजबादी पार्टी(जसपा) नेपालका नोयन्द्र धितालले ४ हजार २ सय ८७ मत प्राप्त गरेकाछन् । जनमत पार्टीका राजुप्रसाद कुर्मीले २ हजार ५ सय २० मत हाँसिल गरे ।
यसअघि बुधबार विहानको मत परिणाममा राठौरले नेकपा एमालेका किस्मतकुमार कक्षपतिलाई ३ हजार ८ सय ६५ मतले पछाडी पार्दै अग्रता कायम राखेका थिए ।
काँग्रेस सहमहामन्त्री राठौरले १७०४६ मत ल्याएर अग्रता लिइरहेका बेला एमालेका कक्षपतिले १३१८१ मत ल्याएर पछ्याइरहे ।
बाँके क्षेत्र नम्बर–३ को मतगणनाको सुरुवाती चरणदेखि अग्रता कायम गरेका नेकपा एमालेका कक्षपति मङ्गलबार विहानदेखि फराकिलो मतान्तरले पछि पर्दै गएका हुन् ।
नेपाली काँग्रेसका सहमहामन्त्री राठौरसँग चुनावी मैदानमा होमिएका नेकपा एमाले बाँकेका अध्यक्ष एवम निर्वतमान खजुरा गाउँपालिकाका अध्यक्ष समेत रहेका कक्षपतिले मतान्तर घटाउन सकेनन् ।
मतगणनाको सुरुवाती चरणदेखि सोमबार अबेर रातीसम्म अग्रता कायम गरेका किस्मत फराकिलो मतान्तरमा हारेपछि उनको संसदीय यात्रा तुहिएकोछ ।
घरमै छापा मारेर नेपालगन्जबाट लागुऔषधसहित दुईजना पक्राउ
नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाको पाँचौँ अधिवेशन
बाढी प्रभावित बालबालिका पढाउन अर्बपति शेष घलेको ५७ करोड ८५ लाख सहयोग
संविधानका बाचा पूरा गर्न सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री
महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडाहरूमा नयाँ नेतृत्व चुनिदैं
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा