बाँके–३ : काँग्रेसका सहमहामन्त्री राठौर विजयी


बाँके–३ : काँग्रेसका सहमहामन्त्री राठौर विजयी

खजुरा (बाँके) ८ मंसिर : बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर विजयी भएकाछन् ।

मतगणनाको सुरुवाती चरणदेखि झिनो मतान्तरले लुकामारी खेलिरहेका राठौरले मङ्गलबार रातीदेखि ह्वात्तै मतान्तर बढाएर अग्रता लिएपछि उनी जित निकाल्न सफल भए ।

बाँकेको खजुरास्थित कपास विकास समितिको कार्यालयमा जारी पछिल्लो मतगणना अनुसार राठौरले २९ हजार ४० मत प्राप्त गर्दै विजयी बने । उनले नेकपा एमालेका निकटतम प्रतिद्वन्द्वी किस्मत कुमार कक्षपतिलाई ४ हजार ७ सय ९३ मतान्तरले हराए ।

काँग्रेसका राठौरलाई पछ्याइरहेका किस्मतले २४ हजार २ सय ४७ मत प्राप्त गर्दै हार ब्यहोर्नुपर्यो ।

Kids Festival 2022
kanti aarogya hospital

यसैगरी राष्ट्रिय स्वतन्त्रता पार्टीका देवेन्द्र नाथ शुक्लाले ७ हजार ४ सय ३९ मत प्राप्त गर्दै तेस्रो स्थान ओगेट्न सफल भए । भने जनता समाजबादी पार्टी(जसपा) नेपालका नोयन्द्र धितालले ४ हजार २ सय ८७ मत प्राप्त गरेकाछन् । जनमत पार्टीका राजुप्रसाद कुर्मीले २ हजार ५ सय २० मत हाँसिल गरे ।

यसअघि बुधबार विहानको मत परिणाममा राठौरले नेकपा एमालेका किस्मतकुमार कक्षपतिलाई ३ हजार ८ सय ६५ मतले पछाडी पार्दै अग्रता कायम राखेका थिए ।

काँग्रेस सहमहामन्त्री राठौरले १७०४६ मत ल्याएर अग्रता लिइरहेका बेला एमालेका कक्षपतिले १३१८१ मत ल्याएर पछ्याइरहे ।

बाँके क्षेत्र नम्बर–३ को मतगणनाको सुरुवाती चरणदेखि अग्रता कायम गरेका नेकपा एमालेका कक्षपति मङ्गलबार विहानदेखि फराकिलो मतान्तरले पछि पर्दै गएका हुन् ।

नेपाली काँग्रेसका सहमहामन्त्री राठौरसँग चुनावी मैदानमा होमिएका नेकपा एमाले बाँकेका अध्यक्ष एवम निर्वतमान खजुरा गाउँपालिकाका अध्यक्ष समेत रहेका कक्षपतिले मतान्तर घटाउन सकेनन् ।

मतगणनाको सुरुवाती चरणदेखि सोमबार अबेर रातीसम्म अग्रता कायम गरेका किस्मत फराकिलो मतान्तरमा हारेपछि उनको संसदीय यात्रा तुहिएकोछ ।