बाँके–१ ‘क’ : अघिअघि नमुना पछिपछि नरेन्द्र


बाँके–१ ‘क’ : अघिअघि नमुना पछिपछि नरेन्द्र

अगैया(बाँके) ८ मंसिर : बाँके क्षेत्र नम्बर १ बाट प्रदेश सभा ‘क’तर्फ नेकपा माओवादी केन्द्रकी उम्मेदवार कृष्णा केसी ‘नमुना’ले अग्रता लिइरहेकी छन् । उनलाई राप्रपाका नरेन्द्रकुमार पौडेलले झिनो मतान्तरले पछ्याइरहेका छन् । यतिबेला दुबै उम्मेदवारबीच कडा टक्कर चलेको छ ।

पछिल्लो मतगणना अनुसार माओवादीकी नमुनाले ७ हजार ३ सय मत ल्याएर अग्रता लिएकी छन् । राप्रपाका उम्मेदवार पौडेलले ५ हजार ९ सय ६६ मत प्राप्त गरेका छन् । नमुना र पौडेलबीच १३३४ मतको मात्र मतान्तर छ ।

यस्तै नागरिक उन्मुक्ती पार्टीका सोमराज चौधरीले ५ हजार ४ सय ५८ मत ल्याएर तेस्रो स्थानमा उक्लिएका छन् । जनता समाजवादी पार्टी(जसपा)का अम्बरबहादुर खड्काले २ ५ सय ६२ मत ल्याएका छन् ।

स्वतन्त्र उम्मेदजार तीर्थराज डाँगीले २ हजार २ सय ८६ मत ल्याएका छन् । भने लोसपाका राजेन्द्रकुमार विश्वकर्माले ४६१ मत प्राप्त गरेकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

बाँकेको अगैयास्थित राप्तीसोनारी गाउँपालिकाको कार्यालयको सभाहलमा मत गणना चलिरहेको छ ।