बर्दिया–२ ‘क’ : काँग्रेसका तिमिल्सिना विजयी


बर्दिया–२ ‘क’ : काँग्रेसका तिमिल्सिना विजयी

गुलरिया (बर्दिया) ७ मंसिरः बर्दिया क्षेत्र नम्बर– २ ‘क’बाट प्रदेश सभा सदस्यतर्फका उम्मेदवार नेपाली काँग्रेसका जन्मजय तिमिल्सिना विजयी भएकाछन् ।

काँग्रेस महासमिति सदस्य समेत रहेका तिमिल्सिनाले निकटम प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका प्रदेशी चौधरीलाई हराउँदै विजयी भए । तिमिल्सिनाले कुल १७ हजार २ सय ५१ मत ल्याएर प्रदेशीलाई हराएका हुन् ।
प्रदेशीले १२ हजार १ सय ८४ मत ल्याएर पराजित भए । प्रदेशीले प्राप्त गरेको मत भन्दा तिमिल्सिनाको ५ हजार ६७ मत बढि हो ।

यसैगरी नेकपा एमालेका लहनु चौधरीले १० हजार ६ सय ४३ मत प्राप्त गरे भने राप्रपाका कन्हैयालाल थारुले ५ हजार ३ सय २४ मत प्राप्त गरे ।

बर्दिया क्षेत्र नम्बर– २ प्रदेश सभा ‘ख’ मा नेकपा एमालेका भक्तबहादुर विकले अग्रता लिइरहेकाछन् । उनले ५ हजार १ सय ३२ मत ल्याएका छने भने नेकपा माओवादी केन्द्रका अञ्जु दहितले ४ हजार ४ सय ९० मतले पछयाइरहेकी छन् ।

Care City
kanti aarogya hospital
Health Care Clinic Nepalgunj

यस अघि क्षेत्र नम्बर–१ ‘क’ मा नेपाली काँग्रेसका भुवनेश्वर चौधरी निर्वाचित भइसकेकाछन् ।