डलरबाट फेसबुकमा प्रचार गरेका अधिकांश उम्मेदवार पराजित


डलरबाट फेसबुकमा प्रचार गरेका अधिकांश उम्मेदवार पराजित

नेपालगन्ज ८ मंसिर : फेसबुकमा ठूलो मात्रामा डलर खर्च गरी विज्ञापन गरेका अधिकांश उम्मेदवारले पराजय व्यहोरेका छन् । काठमाडौंका अधिकांश उम्मेदवारले हजार बढी डलर खर्च गरेका थिए ।

दर्जन बढी उम्मेदवारले हजार डलर बढी खर्च गरेका छन् । स्वतन्त्र उठेको उम्मेदवारले खर्च गरेको डलर बराबर समेत मत आएको छैन । काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ४ वटा जित हासिल गरेका छन् ।
काठमाडौं क्षेत्र नम्बर ५ का स्वतन्त्र उम्मेदवार श्रीराम गुरुङले ५ हजार ९६८ डलर अर्थात् ७ लाख ७५ हजार नेपाली रुपैयाँ खर्च गरेका छन् । तर, उनले जम्मा २ हजार ७६१ मत मात्रै ल्याएर पाँचौँ बने ।

काठमाडौं क्षेत्र नम्बर १ बाट एमालेका उम्मेदवार किरण पौडेलले २ हजार ८१२ डलर अर्थात् ३ लाख ६५ हजार रुपैयाँ फेसबुक प्रचार खर्च छ । भोजपुरका उम्मेदवार बनेका डा. सुरेश बस्नेतले २ हजार ३७७ डलर अर्थात् ३ लाख ९ हजार खर्च गरेका छन् । अग्रस्थानमा रहेका सुदन किरातीको ९ हजार ६५ मत रहँदा बस्नेतले ४०३ मत मात्रै ल्याएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ५ (२) का उम्मेदवार जगन्नाथ लामिछानेले १ हजार ८५७ डलर अर्थात् २ लाख २८ हजार खर्च गरेका छन् । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले १ हजार ६८५ डलर अर्थात् २ लाख १५ हजार डलर खर्च गरेका छन् । मिश्रले ७ हजार १८ मत मात्रै ल्याएका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

काठमाडौं क्षेत्र नम्बर ५ का स्वतन्त्र उम्मेदवार सुशान्त श्रेष्ठले २ हजार ७५९ डलर अर्थात् ३ लाख ५८ हजार खर्च गरेका छन् । काँग्रेसका प्रदीप पौडेल विजय भएको उक्त क्षेत्रमा श्रेष्ठले १ हजार ७११ मत मात्रै पाएका छन् ।चितवन क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १ हजार ५६० अर्थात् २ लाख २ हजार खर्च गरेका छन् । उक्त क्षेत्रमा रवि लामिछानेले २२ हजार मत ल्याउँदा श्रेष्ठले १० हजार मत पाएका छन् ।

बाँके क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका जसपाका मोहम्मद इश्तियाक राईले १ हजार ४६३ अर्थात् १ लाख ९० हजार खर्च गरेका छन् । उक्त क्षेत्रमा राप्रपाका धवलशमशेर राणा विजयी भइसकेका छन् ।
काठमाडौं ४ का स्वतन्त्र उम्मेदवार शिवेन्द्र केसीले १ हजार ४५० डलर खर्च गरेका छन् । उनले १ महिनामा १ लाख ८८ हजार रुपैयाँ खर्च गरेका छन्। उक्त क्षेत्रमा गगन थापा विजयी भए ।

काठमाडौं ९ मा कल्पना धमलाले १ हजार ४४३ डलर अर्थात् १ लाख ८७ हजार खर्च गरेकी छन् । उनलाई एमालेका कृष्णगोपाल श्रेष्ठले पराजित गरेका छन् ।

काठमाडौं ५ बाट स्वतन्त्र उम्मेदवार बनेकी रञ्जु दर्शनाले १ हजार ४०४ डलर अर्थात् १ लाख ८२ हजार खर्च गरेकी छिन्। काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले जित हासिल गरेका छन् ।
मोरङ क्षेत्र नम्बर ४ ‘ख’का उम्मेदवार जीवन घिमिरे १ हजार ३९४ डलर अर्थात् १ लाख ८१ हजार खर्च गरेका छन् ।

पाल्पा क्षेत्र नम्बर २ का उम्मेदवार सोम प्रसाद पाण्डेले १ हजार ३२९ डलर अर्थात् १ लाख ७२ हजार खर्च गरेका छन्। उक्त क्षेत्रमा नेकपा एमालेका ठाकुर गैरेले फराकिलो अग्रता बनाएका छन् ।

सप्तरी २ बाट उम्मेदवार बनी जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित उपेन्द्र यादवले १ हजार ३०२ डलर अर्थात् १ लाख ६९ हजार रुपैयाँ खर्च गरेका छन् । उनी जनता समाजवादी पार्टीका अध्यक्ष समेत हुन् ।काठमाडौं क्षेत्र नम्बर २ का उम्मेदवार अनुप बोहरा १ हजार १३७ डलर अर्थात् १ लाख ४७ हजार रुपैयाँ खर्च गरेका छन् । उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतम विजयी भएकी छिन् ।

जो डलर खर्च गरे, सांसद बने

काठमाडौं ५ बाट उम्मेदवार बनेका प्रदीप पौडेलले १ हजार ७९४ डलर खर्च गरे । यो भनेको २ लाख ४१ हजारबराबरको फेसबुक प्रचार खर्च हो । काठमाडौं १ बाट उम्मेदवार रहेका प्रकाशमान सिंहले १ हजार २५४ डलर अर्थात् १ लाख ६३ हजार खर्च गरेका थिए । उनी पनि विजयी भएका छन् ।

चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार विक्रम पाण्डेले १ हजार १९२ डलर अर्थात् १ लाख ५४ हजार रुपैयाँ खर्च गरेका छन्। उनी फराकिलो मतसहित अग्रस्थानमा रहेका छन् । काठमाडौं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुली निर्वाचित भएका छन् ।

उनले १ हजार १५७ डलर अर्थात् १ लाख ५० हजार रुपैयाँ अनलाइन प्रचारप्रसारमा खर्च गरेका छन् । -नेपालखबरबाट

थप समाचार

डलरमा चुनावी प्रचार : न नियमन न कर