अगैया(बाँके) ७ मंसिरः बाँके क्षेत्र नम्बर– १ बाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार नेकपा एमालेका सूर्य ढकाल निर्वाचित भएकाछन् ।
मतगणनाको सुरुवाती चरणदेखि नै अग्रता लिएका एमालेका सूर्य बुधबार राती ह्वात्तै मतान्तर बढाएर अग्रता लिएपछि उनी निर्वाचित हुन सफल भए ।
सूर्यले कुल २५ हजार २६ मत ल्याउँदै निर्वाचित भए । सूर्यले आफ्नो निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट उम्मेदवार नेकपा माओवादी केन्द्रका महेश्वरजंग गहतराज ‘अथक’लाई ५ हजार ३ सय ९४ मतान्तरमा हराए । अथकले कुल १९ हजार ६ सय ३२ मत प्राप्त गरे । अथक युवा तथा खेलकुद मन्त्री हुन् ।
यसैगरी नागरिक उन्मुक्ति पार्टीका सुरेश कुमार चौधरीले ११ हजार ४ सय ६५, जसपाका रामकुमार यादवले २ हजार ६ सय ९३, राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्दबाबु काफ्लेले एक हजार ७१ पाउँदा स्वतन्त्र उम्मेदवार प्रदीपकुमार शाहले ९२५ मत प्राप्त गरे ।
यसअघि बिहीबार दिउँसोसम्म सूर्यले अथकलाई ३ हजार एक सय ७२ मतान्तरले पछि पारेका थिए ।
एमालेका सूर्यले कुल १८ हजार २ सय ४४ मत ल्याउँदा माओबादी केन्द्रका अथकले १५ हजार ७२ मत प्राप्त गरेका थिए ।
गहतराजलाई सुरुवाती चरणदेखी नै पछाडी पार्दै ढकालले अग्रता लिदैँ आएका हुन् । मङ्गलबार अबेर रातीसम्म ढकालले ९ हजार १८ मत प्राप्त गर्दै अग्रता कायम राखेका थिए । भने उनका निकटतम प्रतिद्वन्द्वी अथकले ७ हजार ९ सय ६२ मत प्राप्त गरेका थिए ।
लुम्बिनीमा देउवा समूहको महाधिवेशन गर्ने जिल्ला संयोजकहरू को-को?
सीता एयरका जहाज: किन यसका पाङ्ग्रा खुस्किरहन्छन्?
नयाँ हजारकाे नाेटमा जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’
नेपालगन्जबाट उडेको सीता एयरको जहाज दुर्घटनाबाट जोगियो
सबैभन्दा धेरै वर्षा लुम्बिनी प्रदेशमा, कहाँ कहाँ छ जोखिम?
‘ड्रग्स’को भूमरीमा नेपालगन्ज: ठूला ‘डिलर’ भारततिरै, नेपालतिर धौ-धौ