बाँके–१ : बहालवाला मन्त्री अथकलाई हराउँदै एमालेका ढकाल निर्वाचित


बाँके–१ : बहालवाला मन्त्री अथकलाई हराउँदै एमालेका ढकाल निर्वाचित

अगैया(बाँके) ७ मंसिरः बाँके क्षेत्र नम्बर– १ बाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार नेकपा एमालेका सूर्य ढकाल निर्वाचित भएकाछन् ।

मतगणनाको सुरुवाती चरणदेखि नै अग्रता लिएका एमालेका सूर्य बुधबार राती ह्वात्तै मतान्तर बढाएर अग्रता लिएपछि उनी निर्वाचित हुन सफल भए ।

सूर्यले कुल २५ हजार २६ मत ल्याउँदै निर्वाचित भए । सूर्यले आफ्नो निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट उम्मेदवार नेकपा माओवादी केन्द्रका महेश्वरजंग गहतराज ‘अथक’लाई ५ हजार ३ सय ९४ मतान्तरमा हराए । अथकले कुल १९ हजार ६ सय ३२ मत प्राप्त गरे । अथक युवा तथा खेलकुद मन्त्री हुन् ।

यसैगरी नागरिक उन्मुक्ति पार्टीका सुरेश कुमार चौधरीले ११ हजार ४ सय ६५, जसपाका रामकुमार यादवले २ हजार ६ सय ९३, राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्दबाबु काफ्लेले एक हजार ७१ पाउँदा स्वतन्त्र उम्मेदवार प्रदीपकुमार शाहले ९२५ मत प्राप्त गरे ।

Kids Festival 2022
kanti aarogya hospital
add

यसअघि बिहीबार दिउँसोसम्म सूर्यले अथकलाई ३ हजार एक सय ७२ मतान्तरले पछि पारेका थिए ।

एमालेका सूर्यले कुल १८ हजार २ सय ४४ मत ल्याउँदा माओबादी केन्द्रका अथकले १५ हजार ७२ मत प्राप्त गरेका थिए ।

गहतराजलाई सुरुवाती चरणदेखी नै पछाडी पार्दै ढकालले अग्रता लिदैँ आएका हुन् । मङ्गलबार अबेर रातीसम्म ढकालले ९ हजार १८ मत प्राप्त गर्दै अग्रता कायम राखेका थिए । भने उनका निकटतम प्रतिद्वन्द्वी अथकले ७ हजार ९ सय ६२ मत प्राप्त गरेका थिए ।