नेपालगन्ज ८ मंसिर : बाँके क्षेत्र नम्बर १ बाट प्रदेश सभा ‘क’तर्फ नेकपा माओवादी केन्द्रकी उम्मेदवार कृष्णा केसी ‘नमुना’ पुनः निर्वाचित भएकीछन् । उनी १ हजार १ सय ३७ मतको अन्तरले निर्वाचित भएकी हुन् ।
नमुनाले ९१०३ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिस्पर्धी नागरिक उन्मुक्ती पार्टीका सोमराज चौधरीले ७९६६ मत प्राप्त गरे । यस्तै तेस्रो स्थानमा आएका राप्रपाका नरेन्द्र कुमार पौडेलले ७२५८ मत ल्याएका छन् । यसैगरी जनता समाजवादी पार्टी (जसपा)का अम्बरबहादुर खड्काले ३७०६ मत ल्याएका छन् ।
यसअघि नमुना र राप्रपाका नरेन्द्रकुमार पौडेलबीच कडा टक्कर चलेकै बेला सोमराजले अग्रता लिँदा राप्रपाका पौडेल तेस्रो स्थानमा समेटिए ।
स्वतन्त्र उम्मेदजार तीर्थराज डाँगीले २४८९ मत प्राप्त गरे । माओवादी नेतृ नमुना यसअघि २०७४ सालको निर्वाचनमा पनि सोही प्रदेश सभा क्षेत्रबाट लुम्बिनी प्रदेशको सांसदमा निर्वाचित भएकी थिइन् ।
यसैबीच, बाँके–१ प्रदेश सभा ‘ख’को मतगणना चलिरहँदा नेपाली काँग्रेसका फुलाराम थारुले अग्रता कायमै राखेका छन् ।
अहिलेसम्म १ हजार ७ सय ७२ मत गणना हुँदा फुलारामले ८५५ मत प्राप्त गरेका छन् । यस्तै नेकपा एमालेका दुर्गाप्रसाद चौधरीले ४७४ मत ल्याएका छन् । फुलाराम र दुर्गाबीच ३ सय ८१ मतको अन्तर रहेको छ । मतगणना जारीछ ।
बाढी पीडितलाई प्रधानमन्त्रीको सम्बोधन, भने- सिङ्गो राज्य साथमा छ
नेपालको बाढी विपदका लागि आर्थिक सहयाेग गर्न तयार छन्, भारत, चीन र विश्व बैंक
अकस्मात उर्लिनुअघि भोटेकोशीको ‘शीर’मा के भइरहेको थियो?
रसुवा बाढी- तीन महिनाका लागि संकटग्रस्त घाेषणा, सरकारले अरु के निर्णय गर्याे?
तिब्बततिर उद्धारका लागि चिनियाँ राष्ट्रपतिको निर्देशन
रसुवाको बाढी अनुमानभन्दा भयावह, स्थानीयसँग सम्पर्क टुट्दा उद्धारमा चुनौती