नेपालगन्ज ९ मंसिर : ‘भजन’ मानव अधिकार पुरस्कार छनोट सिफारिस समिति गठन भएको छ ।
‘भजनराम स्मृति अक्षय कोष’को मङ्सिर ९ गते बसेको बैठकले बरिष्ठ अधिवक्ता सुनिलकुमार श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो । समितिको सदस्यमा उक्त संस्थाका सदस्य निर्मला सुनार र प्रदीप चौधरी सदस्य रहेका छन् ।
सिफारिस समितिले साबिकको मध्य पश्चिमाञ्चल क्षेत्रमा मानव अधिकार र समाजिक क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरू मध्येबाट छनोट गरी कमिटिमा पेश गर्ने छ ।
लामो समयसम्म इन्सेक नेपालगन्जमा कार्यरत भजनराम चौधरी ०६९ जेठ १६ गते प्रात भ्रमणमा रहेको समयमा बसको ठक्करबाट मृत्यु भएको थियो ।
नेपालगन्जलगायतका सङ्घ, संस्थामा आवद्ध अधिकारकर्मी तथा सञ्चारकर्मीहरूले संस्थागत र व्यक्तिगत सहयोगमा अक्षय कोष स्थापना गरी प्रत्येक दुई वर्षको फरकमा एक जनालाई पुरस्कृत गर्ने गरिएको संस्थाका अध्यक्ष अधिवक्ता बसन्त गौतमले बताए ।
भजन मानव अधिकार पहिलो पुरस्कार ०६९ बर्दिया जिल्लाकी मङ्गलाकुमारी श्रेष्ठलाई प्रदान गरिएको संस्थाका सचिव तथा इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले बताए ।
सिफारिस समितिका संयोजक बरिष्ठ अधिवक्ता सुनिलकुमार श्रेष्ठले समाजिक र मानव अधिकारका क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वको छनोट गरी मङ्सिर १८ गते कमिटिका पेश गर्ने जानकारी दिए ।
अन्तर्राष्ट्रिय मानव अधिकार दिवस १० डिसेम्बरको अवसर पारेर प्रत्येक दुई वर्षमा दिने भजन मानव अधिकार पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेकोछ ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी