नेपालगन्ज ९ मंसिर : नेपालगन्जको सडकपेटी खाली गराउन सुरु गरिएको छ । सडकपेटी अतिक्रमण गरी पसल व्यवसाय गरेकाहरुलाई हटाउन थालिएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट सडकपेटी खाली गराउन डोजर लिएर बजारमा निस्किएका हुन् । सडकपेटी अतिक्रमण गरेर संरचना निर्माण गर्ने, पसल व्यापार चलाउने काम भएपछि त्यस्ता संरचना हटाउन थालिएको हो ।
नेपालगन्जको विपी चोकबाट सडकपेटी खाली गराउन थालिएको हो । नेपालगञ्ज उपमहानगरपालिकालाई व्यवस्थित शहरका रुपमा विकास गर्नका लागि यो अभियान सुरु गरिएको बिष्टले बताए ।
उनले सडकपेटी कब्जा गरी बजार व्यवसाय सञ्चालन गर्दा सर्वसाधारण नागरिकलाई हिँड्डुल गर्न गा¥हो भएपछि त्यसलाई क्लियर गर्ने काम सुरु गरिएको बताए । बजारलाई सुन्दर र व्यवस्थित बनाउन अतिक्रमण हटाउन थालिएको नगर प्रमुख विष्टका भनाई छ ।
बजार क्षेत्रमा नालामाथि पनि अतिक्रमण गरिएको पाइएको छ । नेपालगन्ज उपमहानगरपालिकाले सडकपेटी खाली गर्न केही महिना अघिदेखि नै माइकिंग गरेर जानकारी गराउँदै आएको छ ।
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर
बाढी पीडितलाई प्रधानमन्त्रीको सम्बोधन, भने- सिङ्गो राज्य साथमा छ