नेपालगन्ज ९ मंसिरः नेपालगन्ज किड्स फेस्टिवलमा बालबालिकाको उत्साहपूर्ण सहभागिता देखिएकोछ ।
नेपालगन्जको वीपि चोक स्थित सुनाखरी रेष्टूँरेण्टमा जारी नेपालगन्ज किड्स फेस्टिबलमा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी बालबालिकाको उत्साहपूर्ण सहभागिता पाइएको हो ।
मेरो टुकी प्रज्ञालय, केयर सिटी हस्पिटल एण्ड रिर्सच सेन्टर, सेतोखरी अनलाई न्यूज प्रोटल, दैनिक नेपालगन्ज र नगर स्तरीय बालक्लब सञ्जालको सहकार्यमा आयोजित नेपालगन्ज किड्स फेस्टिबल सम्भवतः जिल्लाको पहिलो किड्स फेस्टिबल हो ।

विशेषगरि ३ वर्षदेखि १८ वर्षमुनिका बालबालिकालाई लक्षित गर्दै आयोजित किड्स फेस्टिबलमा एकल तथा सामूहिक नृत्य, गायन, चित्रकला, वक्तृता, कविता, विद्यालय प्रार्थना, किड्स पेजेन्ट लगायत प्रतियोगिता गरिनेछ ।

यसका साथै अप्रतियोगितात्मक साँस्कृतिक झाँकी, खेल, खुला प्रहसन, बाहिरी स्वच्छन्द नृत्य, फोटोभिडियो लगायतका थुप्रै मनोरञ्जनात्मक कार्यक्रमसहितको बाल महोत्सव नेपालगन्जमा आयोजना गरिएको मेरो प्रज्ञालयकी प्रिन्सिपल कल्पना शर्माले जानकारी दिइन् ।

‘सिर्जनशीलता बालकको वृत्ति हो । सिर्जनाप्रतिको विस्मयभाव उसको स्वभाव । बालक स्वयम्मा सिर्जन, उमङ्ग र उत्सवको दिव्य सिर्जना हो । नाच्न, गाउन, चित्र बनाउन जान्दैन भनेर उसको सिर्जनशीलताको उपहास नगरौं ।
हरेक बच्चा सिर्जना गर्न सक्छ । सिर्जना हेरेर रमाउन सक्छ ।’ मेरो प्रज्ञालयकी प्रिन्सिपल कल्पनाले भनिन्–‘नेपालगन्ज किड्स फेस्टिवलमा ३ वर्षेदेखि १८ वर्षमुनिका बालबालिका खुसी हुने थलोको रुपमा लिएकाछौं । प्रतिश्पर्धा भएर पनि प्राथमिक तहसम्मका हरेक बालबालिकाले उपहार पाउने निराशारहित उमङ्गले भर्ने यो अभियान हो । सिर्जना गरेर वा सिर्जना हेरेर सिर्जनाप्रतिको लगाव जन्माउने जमघट हो ।’
नेपालगन्ज किड्स फेस्टिबलबाट बच्चाहरुलाई सिर्जनशीलन बनाउनु उद्देश्य रहेको मेरो टुकी प्रज्ञालयका भोजराज शर्माले बताए । उनले भने नेपालगन्ज किड्स फेस्टिबलबाट नेपालगन्जलाई चिनाउने प्रयास थालिएको हो ।

दुई दिनसम्म चल्ने किड्स फेस्टिबलको पहिलो दिन शुक्रकार मेरो नेपालगन्ज विषयमा कविता वाचन, मेरो सपना समृद्ध नेपालगन्ज विषयमा वक्तृता, गायन र एकल तथा समुहगत नृत्य, चित्रकला विधाको अडिसन सम्पन्न भएकोछ । गायन, एकल तथा समुहगत नृत्य र चित्रकला विधामा प्रिस्कुल, प्राइमेरी(कक्षा ५ सम्म) तथा खुल्ला (६ कक्षादेखि १२ कक्षासम्म) क्याटोगरिमा ३ देखि १८ वर्षसम्मका ४ सय बढि बालबालिकाले सहभागिता जनाएकाछन् ।

पहिलो दिन भएको अडिसन राउण्डमा सेलेक्ट भएका बालबालिकाले शनिबार हुने फाइनलमा सहभागिता जनाउनेछन् । अडिसन राण्डको जजमा न्यूरो सर्जन एबम गायक डाक्टर नरेन्द्र बास्कोटा तथा डान्सर सिर्जन रावल रहेका थिए ।



तस्विरहरु सबै : विजय मल्ल /सेतोखरी
लखनउमा ब्यापारी शिवाको हत्यापछि नेपालगन्ज छिरेकी थिइन् श्रद्धा?
धनगढीबाट रविले भने ‘कारागारमा गरेकाे भाकल पूरा गर्न धार्मिक यात्रामा निस्किएकाे हुँ’
लुम्बिनीमा आनीको नियुक्तिविरुद्ध निरन्तर स्थानीय
विरोधबाट विचलित छैन, जिम्मेवारी निभाउछु: आनी छोइङ
सल्यानमा स्क्रब टाइफसको प्रकोप : अहिलेसम्म १० जनाको मृत्यु
नेपाल विश्वकप क्वालिफायर प्ले-अफको ‘होस्ट-कन्ट्री’