नेपालगन्ज किड्स फेस्टिबलमा बालबालिका रमाए


नेपालगन्ज किड्स फेस्टिबलमा बालबालिका रमाए

नेपालगन्ज १० मंसिरः नेपालगन्ज किड्स फेस्टिवलमा बालबालिकाका रमाएकाछन् । नेपालगन्जको वीपि चोक स्थित सुनाखरी रेष्टूँरेण्टमा सम्पन्न दुईदिने नेपालगन्ज किड्स फेस्टिबलमा सहभागि बालबालिका रमाएका हुन् ।

जिल्लामा सम्भवतः पहिलो पटक आयोजना गरिएको किड्स फेस्टिबलमा बाँकेका विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकाको उत्साहपूर्ण सहभागिता पाइयो ।

मेरो टुकी प्रज्ञालय, केयर सिटी हस्पिटल एण्ड रिर्सच सेन्टर, सेतोखरी अनलाई न्यूज प्रोटल, दैनिक नेपालगन्ज र नगर स्तरीय बालक्लब सञ्जालको सहकार्यमा नेपालगन्ज किड्स फेस्टिबल आयोजना गरिएको हो ।

Kids Festival 2022
kanti aarogya hospital

विशेषगरि ३ वर्षदेखि १८ वर्षमुनिका बालबालिकालाई लक्षित गर्दै आयोजित किड्स फेस्टिबलमा एकल तथा सामूहिक नृत्य, गायन, चित्रकला, वक्तृता, कविता, विद्यालय प्रार्थना र किड्स पेजेन्ट गरिएको थियो ।

यसका साथै अप्रतियोगितात्मक साँस्कृतिक झाँकी, खेल, खुला प्रहसन, बाहिरी स्वच्छन्द नृत्य, फोटोभिडियो लगायतका थुप्रै मनोरञ्जनात्मक कार्यक्रमसहितको बाल महोत्सव सम्पन्न भएको मेरो प्रज्ञालयकी प्रिन्सिपल कल्पना शर्माले जानकारी दिइन् ।

‘सिर्जनशीलता बालकको वृत्ति हो । नाच्न, गाउन, चित्र बनाउँन जान्दैन भनेर उसको सिर्जनशीलताको उपहास नगरौं । हरेक बच्चा सिर्जना गर्न सक्छ । सिर्जना हेरेर रमाउन सक्छ ।’ मेरो प्रज्ञालयकी प्रिन्सिपल कल्पनाले भनिन्–‘पहिलो पटक आयोजना गरिएको किड्स फेस्टिबलमा बालबालिकासंगै अभिभावकको समेत उत्साहजनक सहभागिता हुनुका साथै बालबालिकाहरु रमाए ।’

नेपालगन्ज किड्स फेस्टिवलमा ३ वर्षेदेखि १८ वर्षमुनिका बालबालिका सहभागि भएका थिए । प्रतिश्पर्धा भएर पनि प्राथमिक तहसम्मका हरेक बालबालिकाले उपहार पाउने निराशारहित उमङ्ग भर्ने अवसरबाट बञ्चित नहोउन भन्ने भावबाट सिर्जना गरेर वा सिर्जना हेरेर सिर्जनाप्रतिको लगाव जन्माउने जमघटका रुपमा किड्स फेस्टिबल सफल भएको मेरो टुकी प्रज्ञालयका भोजराज शर्माले बताए ।

नेपालगन्ज किड्स फेस्टिबलबाट बच्चाहरुलाई सिर्जनशीलन बनाउने उद्देश्य हो उनले अगाडी थपे नेपालगन्ज किड्स फेस्टिबलबाट नेपालगन्जलाई चिनाउने प्रयासमा हामी सफल भयौं ।

दुई दिनसम्म चलेको किड्स फेस्टिबलको पहिलो दिन शुक्रबार मेरो नेपालगन्ज विषयमा कविता वाचन, मेरो सपना समृद्ध नेपालगन्ज विषयमा वक्तृता, गायन र एकल तथा समुहगत नृत्य, चित्रकला विधाको अडिसनबा सेलेक्टेड बालबालिकाको प्रस्तुती गराइएको थियो ।

गायन, एकल तथा समुहगत नृत्य र चित्रकला विधामा प्रिस्कुल, प्राइमेरी(कक्षा ५ सम्म) तथा खुल्ला (६ कक्षादेखि १२ कक्षासम्म) क्याटोगरिमा ३ देखि १८ वर्षसम्मका ४ सय बढि बालबालिकाले सहभागिता जनाए ।

तस्विरहरु सबै : विजय मल्ल /सेतोखरी