कोहलपुरमा अव्यवस्थित तारहरुको व्यवस्थापन सुरु


कोहलपुरमा अव्यवस्थित तारहरुको व्यवस्थापन सुरु

कोहलपुर ११ मंसिर :कोहलपुर क्षेत्रमा अव्यवस्थित नेटवर्क तारहरुको व्यवस्थापन कार्य सुरु गरिएकोछ । केवल नेटवर्क तथा ईन्टरनेट सेवा प्रदायक संघसंस्थाहरुले नेटवर्क विस्तारका लागि तानिएका तारहरु अव्यवस्थित भएको पाइएपछि कोहलपुर नगरपालिकाले त्यसलाई व्यवस्थित गर्न सुरु गरेको हो ।

केवल नेटवर्क तथा ईन्टरनेट सेवा प्रदायक संघसंस्थाहरुले नेपाल विद्युत प्राविधिकरणलाई निस्चित शुःल्क तिरेर विद्युतकै पोलमार्फत् लाइन विस्तार गरेका छन् ।

विद्युत प्राधिरकणकै मापदण्ड विपरीत अस्तव्यस्त तानिएका यस्ता तारहरुले बजारको सौन्दर्य कुरुप बनेको र दुर्घटनाको जोखिम समेत बढेको पाइएपछि सेवा प्रदायक संघसंस्थाकै सहमतिमा आईतबादरदेखि व्यवस्थित गराउने काम सुरु गरिएको कोहलपुर नगरपालिकाका नगर प्रहरी प्रमुख बीरबहादुर थापाले जानकारी दिए ।

‘विद्युतका पोलबाट तानिएका यस्ता तारहरु कतै लत्रिएको, कतै पोलमा अस्वभनीय गुजुल्टा परेको देखियो । यसले बजारको सान्दर्यलाई पनि कुरुप बनाएको जनगुनासो बढ्न थालेपछि व्यवस्थापनका लागि थालनि गरेका हौं ।’ नगर प्रहरी प्रमुख थापाले भने–‘तलसम्म झुण्डिएका तारका कारण दुर्घटनाको जोखिम समेत देखेपछि त्यस्लाई व्यवस्थित बनाउन सुरु गरिएको हो ।’

Kanti Aarogya Hospital Nepalgunj

तार व्यवस्थित गर्नका लागि सम्बन्धित केवल नेटवर्क तथा ईन्टरनेट सेवा प्रदायक संघसंस्थाका प्राविधिकसहित नगर प्रहरीको टोली परिचालन भएको छ । कोहलपुर नगरपालिकाको मुख्य चोक (चौराह)बाट यो अभियान सुरु गरिएको जानकारी दिँदै थापाले व्यवस्थित नगरका लागि आफुहरुले प्रयास जारी राखेको बताए ।

यो अभियानका क्रममा पोलमा झुण्डिएका प्रयोगविहीन पुराना तारहरु सबै हटाइने छ । यस्तै विद्युत प्राधिकरणको मापदण्डअनृुसार विद्युत प्राधिकरणको तल्लो तार भन्दा दुई फिट मुनी र डेढ फिटको बीचमा मात्रै केवल, टेलिफोन र नेटर्वकका तारहरु विस्तार गर्न पाइन्छ । त्यसो गर्दा तारहरु लत्रिने, गाडीहरु क्रस गर्दा चुडिने जोखिम टर्ने छ ।

हालको अवस्थामा सेवाप्रदायक संघसंस्थाहरुले तारको ठूलठूला गुच्छा पोलमा गुजुल्टो पारेर छाड्ने गरेका छन् । अब उनीहरुले त्यस्लाई सानो बनाएर व्यवस्थित तरिकालेमात्रै राख्नु पर्नेछ ।

यस्तै कुन नेटवर्कको तार हो ? त्यसको पहिचानका लागि डिवी बक्स भएको पोलमा संस्थाको पहिचान समेत उल्लेख गर्नु पर्नेछ । भने सेवा प्रदायक संघसंस्थाहरुले बिस्तार गरेको तार नलत्रियोस् भन्नका लागि बीचबीचमा ब्याण्डिङ समेत गर्नु पर्नेछ ।