काँग्रेस सहमहामन्त्री राठौंरको पत्रकारसँग भेटघाट गरिदै


काँग्रेस सहमहामन्त्री राठौंरको पत्रकारसँग भेटघाट गरिदै

काँग्रेसको केन्द्रिय सहमहामन्त्रीमा निर्वाचित भएपछि नेपालगन्जमा पहिलो पटक आएपछि आयोजना गरिएको पत्रकार भेटघाट । फाईल तस्बिर ।

नेपालगन्ज ११ मंसिर : नेपाली काँग्रेसका केन्द्रिय सहमहामन्त्री एवम् प्रतिनिधी सभाका नवनिर्वाचित सदस्य किशोरसिंह राठौरसँग सोमबार पत्रकार भेटघाट गरिने भएको हो । नेपाल प्रेस युनियन बाँकेले नेता राठौरसँग पत्रकार भेटघाट आयोजना गर्न लागेको हो ।

युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले दिएको जानकारी अनुसार सोमबार दिउँसो ३ बजे नेपालगन्जको धम्बोझीस्थित स्वस्तिक कटेजमा पत्रकार भेटघाट गरिनेछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

पत्रकार भेटघाटमा उपस्थित हुन जिल्लाका सम्पूर्ण पत्रकारलाई आमन्त्रण गरिएको अध्यक्ष ओलीले बताए । ‘पत्रकार भेटघाटमा केन्द्रिय सहमहामन्त्री ज्युले समसामयिक राजनीतिका विषयमा आफ्नो धारणा राख्नु हुनेछ,’ उनले भने ।