काँग्रेसको केन्द्रिय सहमहामन्त्रीमा निर्वाचित भएपछि नेपालगन्जमा पहिलो पटक आएपछि आयोजना गरिएको पत्रकार भेटघाट । फाईल तस्बिर ।
नेपालगन्ज ११ मंसिर : नेपाली काँग्रेसका केन्द्रिय सहमहामन्त्री एवम् प्रतिनिधी सभाका नवनिर्वाचित सदस्य किशोरसिंह राठौरसँग सोमबार पत्रकार भेटघाट गरिने भएको हो । नेपाल प्रेस युनियन बाँकेले नेता राठौरसँग पत्रकार भेटघाट आयोजना गर्न लागेको हो ।
युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले दिएको जानकारी अनुसार सोमबार दिउँसो ३ बजे नेपालगन्जको धम्बोझीस्थित स्वस्तिक कटेजमा पत्रकार भेटघाट गरिनेछ ।
पत्रकार भेटघाटमा उपस्थित हुन जिल्लाका सम्पूर्ण पत्रकारलाई आमन्त्रण गरिएको अध्यक्ष ओलीले बताए । ‘पत्रकार भेटघाटमा केन्द्रिय सहमहामन्त्री ज्युले समसामयिक राजनीतिका विषयमा आफ्नो धारणा राख्नु हुनेछ,’ उनले भने ।
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर
बाढी पीडितलाई प्रधानमन्त्रीको सम्बोधन, भने- सिङ्गो राज्य साथमा छ