नवनिर्वाचित शर्मालाई नरैनापुरका अध्यक्ष इश्तियाकले दिए बधाई


नवनिर्वाचित शर्मालाई नरैनापुरका अध्यक्ष इश्तियाकले दिए बधाई

नेपालगन्ज ११ मंसिरः प्रतिनिधि सभा सदस्यमा नवनिर्वाचित नेकपा (माओवादी केन्द्र)का नेता एवम् अर्थमन्त्री जनार्दन शर्मालाई नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले नेपालगन्जमा भेटेर बधाई दिएका छन् । शर्मा रुकुम पश्चिमबाट काठमाडौँ फर्कने क्रममा अध्यक्ष शाहले भेटेर बधाई दिएका हुन् ।

काठमाडौ जाने क्रममा नेपालगन्ज बिमानस्थलमा पुगेका अर्थमन्त्री शर्मालाई गाउँपालिका अध्यक्ष शाहले पुष्प गुच्छा र दोसल्ला ओढाएर बधाई दिएका थिए ।

‘गाउँपालिकालाई सुन्दर बनाउनमा तपाईको साथ आवश्यक हुनेछ, तपाईसहित बाँकेबाट निर्वाचित प्रतिनिधि र प्रदेश सभाका सदस्यहरुसँग सहकार्य गरी नरैनापुरलाई समृद्ध बनाउन हामी आतुर छौँ,’ शर्माले भने ।

शिक्षा, स्वास्थ्य, कृषि लगायत समस्या समाधानका लागि संघीय सरकारको स्रोत साधन र सहकार्य आवश्यकता पर्ने उल्लेख गर्दै अध्यक्ष शाहले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य शर्मासँग सहयोगको अपेक्षा गरेका थिए । मन्त्री शर्माले नरैनापुर आफ्नो पहिलो प्राथमिकतामा रहेकाले समृद्ध नरैनापुर बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए ।

अर्थमन्त्री शर्मालाई बधाई दिन बाँके प्रदेश सभा–१ (क) बाट नवनिर्वाचित प्रदेश सांसद कृष्णा केसी नमूना, नरैनापुर गाउँपालिकाका जिन्सी शाखा प्रमुख भरत महत्तो लगायत नेता कार्यकर्ताहरु बिमानस्थलमा पुगेका थिए ।