बाँकेमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको तयारी


बाँकेमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको तयारी

नेपालगन्ज १२ मंसिर : प्रत्येक वर्ष डिसेम्बर १० तारेखका दिन मनाईने अन्तर्राष्ट्रिय मानव अधिकार दिवस बाँकेमा पनि मनाउने तयारी गरिएको छ । मानव अधिकार दिवस मनाउने सन्दर्भमा बाँके स्थित बिभिन्न अधिकारबादी संघसस्थाका प्रमुख तथा प्रतिनिधिहरु तयारीमा जुटेका छन् ।

दिवसको तयारीका सन्दर्भमा सोमबार नेपालगन्ज स्थित बार एशोसिएसनको हलमा बैथक सम्पन्न भएको छ । बैठकले अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा सरोकारवाला बिच मानव अधिकारका सवालमा भब्य अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ । यस वर्षको मानव अधिकारको दिवसको थिम मानव अधिकारको बिश्वब्यापी घोषणापत्रको ७५ औ वार्षिक उत्सब रहेको छ ।

कार्यक्रम तयारीका लागी मानव अधिकारकर्मीहरुको बैठकले राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जकी प्रमुख द्वारिका अधिकारीको संयोजकत्वमा एक तयारी समिति समेत गठन गरेका छन् । समितिलाई कार्यक्रमको समग्र ब्यवस्थापन र तयारी गर्ने अधिकार बैठकले दिएको छ ।

कार्यक्रम तयारी समितिमा एडभोकेसी फोरमका वरिष्ठ प्रदेश संयोजक बसन्त गौतम, जिल्ला बारका अध्यक्ष जनकबहादुर शाही, नेपालगन्ज बारमा सदस्य कुसुमा सुवेदी, फियान नेपालका सुरेशकुमार गौतम, फातिमा फाउण्डेसनकी मैमुना सिद्धिकी, सिद्धि टपका सतिश पाठक र आमन्त्रित सदस्यमा इन्सेकका भोला महत रहेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

संयुक्त राष्ट्रसंघले सन् १९५० मा मानवअधिकार दिवस मनाउने घोषणा गरेको थियो । त्यसयता १० डिसेम्बरमा यो दिवस मनाइँदै आएको छ ।

मानवअधिकार दिवसको उद्देश्य मानवअधिकार प्रति विश्वको ध्यानाकर्षण गराउनु हो । यस दिनमा विश्वभरका जनतालाई मानवअधिकारको महत्वबारे सचेत गराउने र त्यसको पालनाप्रति सचेत हुन सन्देश दिने अधिकारकर्मी बसन्त गौतमले बताए ।

बैठकमा नेपालगन्ज उच्च बारका अध्यक्ष शिव श्रेष्ठ, महिला कानून र बिकास मञ्चका वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठ, मानव अधिकारकर्मी प्रह्लाद बहादुर कार्की, अधिकारकर्मी रबिन्द्र कर्ण, सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका बिश्वजित तिवारी र अधिवक्ता बल बहादुर चन्द लगायतको सहभागीता रहेको थियो ।

मानव अधिकारको संरक्षण र सम्बद्र्धनमा सघाउ पु¥याउने उद्देश्यले बिभिन्न कार्यक्रम गरि दिवस मनाउन लागिएको राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्ज कार्यालयका प्रमुख द्वारिका अधिकारीले जानकारी दिईन । दिवसका अवसरमा १० दिसेम्बरका दिन मानव अधिकार संरक्षणमा सरोकारवालाको भुमिका बिषयक बृहत अन्तरक्रिया गर्न लागिएको इन्सेकका प्रदेश संयोजक भोला महत जानकारी दिए ।