राष्ट्रिय अपाङ्ग महासंघ नेपालको ९ औं महाधिवेशन

अपाङ्गता भएका व्यक्तिहरुको नीतिगत भूमिकाका लागि नेतृत्व लिन खोजेका देवीदत्त


अपाङ्गता भएका व्यक्तिहरुको नीतिगत भूमिकाका लागि नेतृत्व लिन खोजेका देवीदत्त

नेपालगन्ज १२ मंसिर: अपाङ्गता भएका व्यक्तिहरुको हकहितका लागि क्रियाशिल गैरसरकारी संस्थाहरुको छाता संगठन राष्ट्रिय अपाङ्ग महासंघ नेपालको केन्द्रिय अध्यक्षमा बाँकेका देवीदत्त आचार्यले उम्मेद्वारी घोषणा गरेका छन् ।

दुई दशक बढी समयदेखि अपाङ्गता भएका ब्यक्तिहरुको हकहित, क्षमता विकाससंगै नीतिगत तहमा बुलन्द आवाज उठाउँदै आएका बाँकेका आचार्य नीतिगत कार्यान्वनमा भूमिका प्रभावकारी नभएपछि नेतृत्व लिन अग्रसर भएका हुन् ।

नेपाल सरकारलाई नीतिगतरुपमा कार्यान्वनमा सहयोग गर्ने र आवश्यक दवावमूलक काम गर्दै आएका आचार्य स्थानीय तहमा अभ्यास गरेका अपाङ्गता समावेशी विकास मोडललाई संघीय स्तरमा नीति तर्जुमा गराउन लागि परेकाछन् ।

जुम्लाको तत्कालिन लाम्रा गाविस– हिमा गाउँमा २०३६ सालमा जन्मिएका आचार्य ५ वर्षको बाल्यकालमा पोलियोका कारण दाहिने खुट्टाबाट अपाङ्ग हुन पुगे । २०४९ सालमा बाँकेको तत्कालिन नौबस्ता गाउँपालिका–७ मा बसाईसरी आएका आचार्य व्यवस्थापन संकायमा मास्टर गर्नुका साथै एलएलबीका विद्यार्थीसमेत हुन् ।

Kanti Aarogya Hospital Nepalgunj

अपाङ्ग शसक्तिकरण एवम सञ्चार केन्द्र,(डेक) बाँकेको संस्थापक अध्यक्ष संस्थाको सुदृढीकरण र विकास गर्न, स्वावलम्बि संस्थाहरुलाई संघीय, प्रदेश र स्थानीय सरकारबाट श्रोत विनियोजन र परिचालन गराउन नेतृत्व लिन चाहेको बताउँछन् । हाल उक्त संस्थाको कार्यकारी निर्देशकको रूपमा उनी कार्यरत छन् ।

विकास बजेटको निश्चित प्रतिशत बजेट अपाङ्गता क्षेत्रमा खर्च गर्न नीति तर्जुमा बनाइनुपर्ने तर्क राख्ने आचार्य अपाङ्गतामैत्री प्रविधिको विकास र प्रयोगमा सहजता ल्याउन आफ्नो नेतृत्वले निसन्देह कार्य गर्ने बताउँछन् ।

महासंघको संरचनागत लामो कार्यानुभव भएकाले अपाङ्गता भएका ब्यक्तिको क्षमता विकास र परिचालन गर्न तथा सेवामा सहज पहुँच र सहयोगी सामाग्रीको उपलब्धता गराउन आफू एक्लो निर्विकल्प उम्मेदवार भएको बताए ।

अपांगता भएका व्यक्तिहरुको हकहितका लागि क्रियाशिल आचार्य बिभिन्न समूहहरूमा आबद्ध हुँदै सामाजिक संस्थाहरुमा संलग्न छन् । अधिकारमुखि अवधारणा बिज्ञ मानिने आचार्य सामुहिक वकालतमा अब्बल मानिन्छन् ।

२०५१ सालमा अपाङ्गता स्वालम्बन समुहबाट अपाङ्गता क्षेत्रमा क्रियाशील आचार्य २०५५ सालमा स्थापित अपाङ्ग नवजिवन केन्द्रको सस्थापक सहसचिव बने । २०५८ सालमा राष्ट्रिय अपाङ्ग महासंघको तत्कालिन मध्यपश्चिम कोषाध्यक्ष बनेका आचार्य २०६०–०६८ महासंघको मध्यपश्चिम दुई कार्यकाल अध्यक्षको भूमिका निर्वाह गरे ।

२०६८ – ०७४ सम्म महासंघको केन्द्रिय सदस्य र मध्यपश्चिम ईन्चार्ज भएर कार्यनुभव बटुलेका आचार्य २०७४ देखि २०७९ असोजसम्म लुम्बिनी प्रदेश अध्यक्ष भए ।

आचार्यको नेतृत्वमा भएका उपलब्धीमूलक कार्य

–अपाङ्गतामैत्री शासन ब्यवस्थाको सूचक–२०७३ संघीय सरकारबाट अनुमोदन गर्न सफल ।
–अपाङ्गता भएकाहरुका लागि स्थानीय सरकारबाट बजेट विनियोजनमा अर्थपूर्ण सहभागिता ।
–स्थानीय सरकारको १० वर्षे(२०७८–२०८८)योजना तर्जुमा र कार्यान्वयन गराउन सफल ।
–स्थानीय सरकारको अपाङ्गता अधिकार ऐन तर्जुमा–२०७७ गराउन सफल ।
–नेपालको संविधानमा अपाङ्गताको विषय सम्बोधनमा अर्थपूर्ण भूमिका । संविधानको ११ वटा धारामा अपाङ्गताको सवाल सम्बोधन भएको ।
–वैकल्पिक सञ्चारको प्रयोग र अभ्यास–२०७८ ।
–स्वालम्बि संस्थाहरुका लागि संघ र प्रदेश सरकारबाट अनुदा उपलब्ध गराउन सफल ।
–अपाङ्गता समावेशी विपत जोखिम न्यूनिकरण सम्बन्धि नीति तथा कार्यायोजना –२०७८ निर्माण ।
–अपाङ्गता समावेशी विकास र परामर्श कक्ष स्थापना र सञ्चालन–२०७८ ।

महासंघको ९ औं महाधिवेशन तथा २१ औं साधरण सभा उपत्यका बाहिर पहिलोपटक बाँकेको नेपालगन्जमा मङ्गलबार हुँदैछ । देशभर रहेका ४ सय संस्थाका ७८७ मतदाताले आगामी तीन वर्षे कार्यकालका लागि नेतृत्व चुन्दैछन् ।
अध्यक्षसहित ४१ कार्यसमिति हुने महासंघको अध्यक्ष पदमा देवीदत्त आचार्यसहित ५ जनाको दावेदारी रहेकोछ । यद्यपी पाँचै जना उम्मेदवारमा कार्यानुभव लगायतको विषयले देवीदत्त बलिया उम्मेदवार हुन् ।