नेपालगन्ज १३ मंसिर : बाँके नरैनापुर क्षेत्रको विद्युत समस्या बारे चासो राख्दै संवाद समूह बाँकेले आवश्यक पहल गरेको छ ।
विद्युत विस्तारीकरणमा यसअघि संवाद सहजिकरण गरेको संवाद समूहले सोमबार नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रसँग विद्युत सेवा प्रवाह बारे पहलकदमी लिएको हो ।
नरैनापुर– ५ मटैहीयामा रहेको विद्युत नो लाइटमा दक्ष र मिटर रिडीङ कर्मचारीको अभाव, समयमै र नियमित विद्युत महशुल बुझाउन नपाएको र एकमुष्ट जरिवाना असुली हुने गरेको लगायतका समस्या देखीएपछि समूहको टोलीले नेपालगन्ज वितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेलको ध्यानाकर्षण गराएको हो ।
विद्युत महसुल एक दिन मात्रै लिने गरेकोमा अब दुई दिन लिने वातावरण बनाइने प्रतिबद्धता व्यक्त गर्दै प्रमुख प्याकुरेलले कर्मचारीको अभाव परपुर्ती गर्ने र नियमित मिटर रिडिङ गर्ने व्यवस्था मिलाउने विश्वास दिलाए ,
टोलीमा समुहका सहजकर्ता शुक्रऋषि चौलागाई, सहसंयोजक अञ्जली थापा, सदस्यद्वय लक्ष्मी तिवारी र मकबुल मुकेरी लगायतको सहभागिता रहेको थियो ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी