सदस्यता नविकरण गर्न महासंघको आह्वान

१३ औं वार्षिक साधरण सभा गाभरमा


सदस्यता नविकरण गर्न महासंघको आह्वान

नेपालगन्ज १४ मंसिर : नेपाल पत्रकार महासंघ बाँके शााखाले सदस्यता नविकरण गर्न आह्वान गरेकोछ ।

महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा बसेको बैठकले विभिन्न ४ वटा निर्णय गर्दै सदस्यता नविकरण गर्न आह्वान गरेको हो ।

महासंघ बाँके शाखाको मंसिर १३ गते बसेको बैठकले आगामी मंसिर २९ गते बाँकेको पर्यटकीय क्षेत्र गाभरमा १३ औं वार्षिक साधरण सभा गर्ने जनाएकोछ । सधारण सभाकै दिन लामो समयदेखि रोकिएका पुरस्कार समेत वितरण गरिने महासंघ बाँकेका सचिव कमल डाँगीद्वारा जारी विज्ञप्तीमा भनिएकोछ ।

साधारण सभा पूर्व नेपाल पत्रकार महासंघ बाँके शाखाका सम्पूर्ण सदयहरुलाई केन्द्रिय परिपत्र अनुसार मंसिर १५ गतेदेखि २५ गतेभित्र सदस्यता नविकरण खुल्ला गर्ने र अनिवार्यरुपमा सदस्यता नविकरण गरिदिन सबै सदस्यहरुलाई विज्ञप्तीमार्फत आह्वान गरिएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै बैठकको तेश्रो बुँदामा महासंघ बाँके शाखाले पत्रकार र आम नागरिकको हितलाई समेत ध्यानमा राखेर एम्बुलेन्स खरिद गर्ने निर्णय गरेको, उक्त कार्यका लागि विभिन्न क्षेत्रका दाताहरुबाट सहयोग रकम प्राप्त भइ एम्बुलेन्स खरिद प्रक्रिया अघि बढाएको तर, सरकारले नयाँ कार्यविधि ल्याएपछि महासंघले एम्बुलेन्स खरिद गर्ने अवस्था नरहेको उक्त विज्ञप्तीमा उल्लेखछ ।

विज्ञप्तीमा अगाडी भनिएकोछ–‘विभिन्न निकायसंग समन्वय गरी एम्बुलेन्स सञ्चालन गर्ने अधिकतम प्रयास समेत सफलल नभएपछि यह मंसिर १२ गते महांसघ बाँकेका पूर्व अध्यक्ष, सल्लाहकार, आस्थागत संगठनका अध्यक्ष समेतको सर्वपक्षिय बैठकको सुझावका आधारमा एम्बुलेन्स खरिद सम्बन्धी निर्णयलाई पुर्नविचार गर्दै दाताबाट प्राप्त १२ लाख ८८ हजार सहयोग रकम पत्रकार स्वास्थ्य उपचार कोष निर्माण गरि जम्मा गर्ने निर्णय गरियो । उक्त कोष सञ्चालनका लागि कार्यविधि बनाउने र सोको लागि उपसमिति गठन गरिएको छ । यस निर्ण प्रति दाताका तर्फबाट पाँच दिनभित्र महासंघलाई आवश्यक सल्लाह, सुझाव एवम परामर्श दिन हुन सार्वजनिक आह्वान गर्ने निर्णय गरिएकोछ ।’

महांसघको तर्फबाट प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बाँकेबाट निर्वाचित भएका सम्पूर्ण जनप्रतिनिधिहरुलाई हार्दिक बधाई दिने निर्णय गर्दै महासंघले जिल्लाको विकास, नीति निर्माण, प्रेस स्वतन्त्रता एवम सञ्चारका सवालमा उल्लेखिय काम हुने विश्वास ब्यक्त गरेकोछ ।